मालपोत र नापी कार्यालयका लागी भवन व्यवस्था गर्ने नगर पालिका तयार

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकाले नापी र मालपोत कार्यालयका लागी भवन उपलव्ध गराउने भएको छ ।
कोहलपुर पालिकाले भुमि व्यवस्था ,सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई एक पत्र मार्फत दुई कार्यालय संचालनको लागी भवन उपलव्ध गराउने भन्दै मन्त्रालयलाई प्रचार गरेको छ । कोहलपुर नगरपालिकाकाको मिति २०७९ \४\११ गतेको कार्यपालिकाको निर्णयानुसार नापी र मालपोत कार्यालयको शाखा कोहलपुरमा विस्तारका लागि आवश्यक भवनको व्यवस्था गर्न पालिका तयार भएको जानकारी सहितको पत्र कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले मिति २०७९\०४\१७ गते जनकारीको पत्र पठाएका छन् ।


नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७८\१२\१७ गतेको निर्णयानुसार मालपोत र नापी कार्यालयको शाखा कोहलपुरमा स्थापना हुने निर्णय भइको थियो । तर मन्त्रालयले गरेको उक्त निर्णय हालसम्म कार्यालयहरु कोहलपुर आउन नसकेकोले मेयर पूर्ण प्रसाद आचार्यको टोली केहि दिन पहिला मन्त्रालय समेत पुगेका थिए । उक्त समयमा मन्त्रालयले कोहलपुर नगरपालिकाले भवनको व्यवस्था मिलाएमा मालपोत र नापी कार्यालय शाखा छिटो भन्दा छिटो कोहलपुर आउने वताएपछि कोहलपुर नगरपालिकाले भवनको व्यवस्था गर्ने भनी पत्र पठाएको मेयर आचार्यले वताए ।
कोहलपुरमा मालपोत र नापी कार्यालय का शाखा आएमा कोहलपुर बासीहरुले लामो समय देखि दुःख पाउदै आएको समस्या केहि हकमा समाधान हुने आचार्यले वताए ।कोहलपुर को समग्र विकासको लागी आफुले कुनै पनि किसिमको समस्या नहुने गरेर काम अगाडि वढाउने समेत आचार्यले वताए ।

१८ श्रावण २०७९ मा प्रकाशित
Nabintech