मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कोहलपुर बैंकर्स क्लव २–० विजय

पिपलबाेट संवाददाता


“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद ”भन्ने नाराका साथ कोहलपुरमा शनिबार भएको मैत्रीपूर्ण फुटवल खेल सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाका कर्मचारी र कोहलपुर बैंकर्स क्लव विच मैत्रीपुर्ण खेल भएको थियो । उक्त खेलकुद प्रतियोगितामा कोहलपुर बैंकर्स क्लवले कोहलपुर नगरपालिकाका कर्मचारी टिमलाई २–०गोलले पराजित गरेको थियो । कोहलपुर नगरपालिका वडा नं. ८मा रहेको फुटवल खेलमैदान मा खेल सम्पन्न भएको थियो । उक्त खेलको काहेलपुर नगरपालिकाका युवा मेयर पुर्ण प्रसाद आचार्यले रेफ्रीलाई बल हस्तान्त्रमण गरेर खेलको शुरुवात गराएका थिए । खेलको पहिलो हापमा दुवै टिमले गोल गर्न सकेका थिएनन् भने खेलको दोस्रो हापमा कोहलपुर बैंकर्स क्लवले दुई गोल गरेर अग्रता लिएको थियो ।

२१ श्रावण २०७९ मा प्रकाशित
Nabintech