कोहलपुरको वडा नं.७ लखनामा निःशुल्क स्वास्थ्य परिक्षण

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिका वडा नम्बर ७ लखनामा निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।
शनिबार कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यको उपस्तिथीमा बिहान ८ बजेदेखि स्वास्थ्य परिक्षण सुरु भएको थियो । शहरी स्वास्थ्य केन्द्र वडा न ७ लखनाका प्रमुख सुधन बुढाथोकी, एनएमसि आकस्मिक ईन्चार्ज डाक्टर देवेन्द्र आचार्य, आधारभुत स्वास्थ्य सेवा केन्द्र वडा न १४ प्रमुख आसिफ खान लगायतको टोलीले बिरामीको स्वास्थ्य जाँच गर्दै औषधी बितरण गरिएको छ ।
कोहलपुर नगरपालिकाका देखि सवै भन्दा टाढा रहेको वडाको रुपमा वडा नं. ७ लाई लिने गरिएको
छ । स्वास्थ्य उपचार नपाएका नागरिकहरुको स्वास्थ्य सेवामा पहुँच बढाई उनीहरुलाई सुलभ स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य परिक्षण गरिएको हो । स्वास्थ्य परिक्षणबाट प्रेसर, सुगर, रक्तचाप, एलर्जी लगायतका बिरामीले सेवा लिएका छन् ।
कोहलपुर ७ जमुनी टोल का एकजना दमका बिरामीलाई नगर प्रमुख आयार्चको उपस्थितिमा निःशुल्क नेबुलाइजर मसिन औषधीसमेत उपलब्ध गराइएको छ । यस्तै वडाका अपाङ्गता भएका बालबालिकालाई स्वास्थ्य परामर्श दिनुका साथै फलफूलहरु पनि बितरण गरिएको थियो ।
कार्यक्रममा आचार्यले १५ वटा वडाको दुर्गम ठाँउहरुका वस्तीमा सहज रुपमा स्वास्थ्य सेवा पुग्न जरुरी रहेको बताएका छन् । उनले स्वास्थ्य सेवा पाउनु सबै नागरिकहरुको नैसर्गिक अधिकार भएकाले कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुन नपर्ने उल्लेख गरे । नगरका अन्य वडामा पनि निशुल्क स्वास्थ्य स्वास्थ्य परिक्षण गर्नुपर्ने धारणा राखे ।

२१ श्रावण २०७९ मा प्रकाशित
Nabintech