कोहलपुर बसर्पाक दुई समितिको जिम्मा तर सरसफाई शुन्य

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिका वडा नं. ११मा रहेको वसपार्क दुर्गन्धित हुन थालेका छन् । विभिन्न सामाजिक संञ्जालमा बसर्पाकको फोहोरको विषयलाई लिएर विभिन्न टिका टिप्पणीहरु आउन थालेका छन् । केहि दिन पहिला कोहलपुर बसर्पाकमा एक जना महिला यात्रुले कुचो किनेर बसर्पाकमा झाडु लगाउन शुरु गरेको तस्वीर समाजिक संजालमा आउँदा कोहलपुर बासीहरु प्रति प्रश्न उठेको छ ।

कोहलपुर बसर्पाक सुधार समिति र बागेश्वरी यातायात व्यावसायी प्रा.लि बसर्पाकको जिम्मा लिएको कोहलपुर नगर विकास समितिका सदस्य सचिव टिकाराम ढकालले वताए । त्यहा निर्माण भएका अस्थाई सटरहरुको भाडा बसर्पाक सुधार समितिले उठाउने र बसर्पाक भित्रको गाडि पार्किङ र ठेलाहरुको भाडा बागेश्वरीले उठाउने गरेर सम्झौता भएको ढकालले वताए । दुवै समितिहरुले त्यहाको फोहोर मैला व्यवस्थापन गर्ने जिम्मा रहेको वताए । तर विभिन्न सामाजिक संजालमा त्यहाको फोहोरको बारेमा विभिन्न टिका टिप्पणी आएको प्रति आफुहरु चिन्तीत भएको वताए । उनले भने बसर्पाक भोली नै सफाहुने समेत ढकालले वताए । कोहलपुर बसर्पाकलाई आफुनो दुधदिने साधनको रुपमा प्रयोग गदै आएका बसपार्क सुधार समिति र बागेश्वरी यातायात व्यवसायी प्रा.लि.ले आफ्नो जिम्मेवारी किन पुरा गर्न नसकेका होलान् कि नगर विकास समितिले केहि भन्न नसकेर यस्तो भएको यो कोहलपुर बासीहरु माझ चर्चाको विषय बनेको छ ।

 

 

 

२३ श्रावण २०७९ मा प्रकाशित
Nabintech