कोहलपुर खानेपानीका अध्यक्ष मल्लमाथि अभद्र व्यवहार

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा सञ्चालनमा रहेको साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नरबहादुर मल्लमाथि समुहले अभद्र व्यवहार गरिएको छ ।
दिउसो कार्यालय समयमा आएको ४ जनाको अज्ञात समुहले अध्यक्ष मल्ललाई कालोमोसो दलेर अभद्र व्यवहार गरी फरार भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरिक्षक ऐनबहादुर मल्लले जनाकारी दिए ।खानेपानीका बिषयमा अध्यक्षसंग कुरा गर्नु छ भन्दै कार्यालयमा आएको समुहले सुरुमा कोहलपुर–१० को खानेपानी समस्या बारे कुरा गरेको र त्यसपछी कालोमोसो दलेर फरार भएको उनले बताए ।
प्रहरीले घटनामा संलग्न ४ जनालाई खोजी गरिरहेको जनाएको छ । कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपभोक्ताले पैसा तिरे पनि पानी उपभोग गर्न नपाएको गुनासो गर्ने गरेका थिए । अध्यक्ष मल्लमाथि कालोमोसो दलेको घटनाको कसैले पनि जिम्मा लिएको छैन ।बिगत एक महिनादेखि कोहलपुर नगरपालिका वडा नं ६, १० र ११ का केहि स्थानम खानेपानी सप्लाई पुर्णरुपमा बन्द भएको छ । यस सम्बन्धमा उपभोक्ताहरुले खानेपानी कार्यालयको पटक पटक ध्यानाकर्षण गराए पनि सो कार्यालयले पानीको आपुर्ति गर्न सकेको थिएन ।
यस विषयमा कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नर बहादुर मल्लले आफुले जनताहरुको घरमा कसरी पानी पु¥याउन सकिन्छ भनेर दिन रात लागी परेको समयमा केहि अराजक तत्व आएर आफुमाथि गरेको व्यवहार प्रति आपत्ती जनाउदै उनिहरुलाई कारवाहिको दायरामा ल्याउनु पर्ने वताए ।

२३ श्रावण २०७९ मा प्रकाशित
Nabintech