कोहलपुर खेलकुद विकास समितिको संयोजक थापा मनोनित

पिपलबाेट संवाददाता


कोहलपुर खेलकुद विकास समितिको संयोजकमा बुद्धि बहादुर थापा मगर चयन भउका छन् । कोहलपुर नगरपालिकाको नगर खेलकुद विकास समिति संचालन कार्यविधि २०७६ को परिच्छेद ३ दफा ३ (क) बमोजिम थापालाई चयन गरिएको कोहलपुर नगरपालिका नगर प्रवक्क्ता नम वहादुर आले ले जानकारी गराएका छन् ।

नगर खेलकुद विकास समिति संचालन कार्यविधि २०७६ अनुसार समितिको संयोजक नगर प्रमुखले मनोनित गर्ने र सदस्यहरु भने कार्यपालिका बैठकबाट चैन गरिने व्यवस्था रहेको आलेले वताए । ४पुरुष १ महिला गरेर ५ जना विज्ञ खेलाडीहरुवाट कार्यपालिकाले मनोनित गर्ने व्यवस्था रहेको छ । संयोजकले १ महिला सहित ३ सदस्य नगरमा रहेका विभिन्न क्लवहरु वाट मनोनित गर्ने व्यवस्था रहेको छ । यस्तै नगरमा रहेका सामुदायिक विद्यालय र संस्थागत विद्यालयका १÷१ जना प्रधानअध्यापक र कोहलपुर खेलकुद विकास समितिको कार्यालय रहेको वडाका वडा अध्यक्ष समेत सदस्य रहने व्यवस्था कार्य विधिले गरेको छ । कोहलपुर खेलकुद विकास समिति संयोजक थापा अन्तराष्ट्रिय तेक्वान्दोका एमपायर र राष्ट्रिय खेलाडी समेत रहेका छन् ।

 

२३ श्रावण २०७९ मा प्रकाशित
Nabintech