खानेपानी अध्यक्ष मल्ल माथि भएको दुव्र्यवहार घटना प्रति चौतर्फि बिरोध

पिपलबाेट संवाददाता


कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्षमाथि भएको दुव्र्यवहार सहितको कालोमोसो दलेको घटनाको नेपाली काँग्रेस क्षेत्र, नगर र पश्चिमेली प्रादेशिक एकता समाज सञ्जालले छुट्टा–छुट्टै बिज्ञप्तिमार्फत कडा शब्दमा भत्र्सना गरेका छन् । संस्थाका अध्यक्ष एवं नेपाली कांग्रेस क्षेत्र नं.१ बाँकेका पूर्व क्षेत्रिय सभापति समाजसेवी मल्लको खानेपानी संस्थाको आफ्नै कार्यकक्षमा केही अराजक एवं उच्छृङखल तत्वहरु प्रवेश गरी हातपात गर्दै कालो मोसो दल्ने जस्तो


अराजकपूर्ण निकृष्ट दुव्यावहार सहितको गैरकानुनी कार्य प्रति नेपाली कांगेस क्षेत्र नं.१ र १(ख) बाँकेको गम्भिर ध्यानाकर्षण भएको बताइएको छ । कार्यकक्षमै नेकपा (बहुमत) निकटको युवा जनस्वयमसेवक नेपाल कर्णाली ब्यूरोले सोमबार दुव्र्यवहार सहित कालोमोसो दलेर फरार भएको थियो । घटना पछि फरार समूहलाई अहिलेसम्म प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । मंगलबार घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको बिज्ञप्ति
जारी गर्दै नेपाली काँग्रेस बाँके क्षेत्र नं.१, काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं.१


(ख) ले तत्काल घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिएर कानुनी कारवाही अगाडी बढाउन माग गरेको छ । क्षेत्रीय सचिव जयश्वर पौडेल र नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १(ख) क्षेत्रीय सभापतिबलराम शर्माद्वारा द्वारा हस्ताक्षरित फरक–फरक बिज्ञप्तिमा अगाडी भनिएको छ–‘नेपाली काँग्रेसका अगुवा नेता एवम् पूर्व क्षेत्रीय सभापतिमाथि भएको अमानविय दुव्र्यवहारपूर्ण गैरकानुनी कार्यमा संलग्नलाई अराजक तत्वहरुलाई तत्काल नियन्त्रणमा लिई कडा भन्दा कडा कानुनी कारवाहीको माग खाख्दै यो प्रेस विज्ञप्ती जारी गर्दछौँ ।’
यस्तै नेपाली काँग्रेस कोहलपुर नगर समिति सभापति बिरेन्द्र शाहद्वारा हस्ताक्षरित बिज्ञप्तिमार्फत पनि घटनाको भत्र्सना गर्दै घटनामा संलग्नलाई पक्राउ गरी कानुनी कारवाही अगाडी बढाउन माग गरिएको छ ।
यस्तै पश्चिमेली प्रादेशिक एकता समाज सञ्जालले पनि मंगलबार प्रेस बिज्ञप्ति जारी गर्दै घटनाको विरोध जनाउँदै दोषीलाई कारावाहीको माग गरिएको छ । पश्चिमेली प्रादेशिक एकता समाज सञ्जाल, कर्णाली सेवा समाज, रारा मुगाली सेवा समाज, दैलेखी समाज नेपाल र कालीकोट एकता समाज कोहलपुरद्वारा संयुक्त रुपमा हस्ताक्षरित बिज्ञप्ति मार्फत । पश्चिमेली प्रादेशिक एकता समाज सञ्जालका अध्यक्ष, सरस्वती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, कर्णाली सेवा समाजका पूर्व अध्यक्ष समेत रहेका समाजसेवी, बुद्विजिवी, अग्रज मल्लमाथि भएको घटनाको कडा शब्दमा बिरोध जनाइएको छ । यस घटना प्रति सवै कोहलपुर बासीहरुले नै यसको विरोध समेत गरेको देखिन्छ । यस्तो कार्य गर्नु भनेको अमानविय प्रकाष्टा गरेको टिप्पणी समेत गरेका
छन् ।

२४ श्रावण २०७९ मा प्रकाशित
Nabintech