कोहलपुरका सडक बत्ती अलपत्र , सवै सडक बत्ती बल्न छाडे

पिपलबाेट संवाददाता


रात्रि समयमा आवतजावतका साथै सम्भावित आपराधिक घटना तथा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कोहलपुर वजार क्षेत्रमा राखिएका अधिकांश सडक बत्ती बल्न छाडेका छन् ।
कोहलपुर नगर पालिकाको बजार क्षेत्रमा पाँच वर्ष अगाडि राखेका सवै बत्ती बल्न छाडिसकेका छन्
सडक बत्ती बल्न छाडेको लामो समय भएपनि मर्मत सम्भारको लागि कसैले चासो दिएको छैन । केहि वर्ष पहिला कोहलपुर वडा नं. १० का निर्वतमान वडा सदस्य ओम प्रकास वर्णवालले कोहलपुर वजार क्षेत्रमा प्रति मिटर दुई सयका देरले करिव ११लाख रुपैया संकलन गरेर सडक वक्ति जडान गरेका थिए । कोहलपुर नगरपालिकाकाले केहि समय पहिला केहि व्यक्तिलाई मर्मत सम्भारको लागी समेत केहि रकम दिएर काम गराएको थियो तर अहिले सडकमा लगाएका हाईमाक्स लाईट भन्दा कुनै बत्ती बल्दैनन् । कोहलपुर नगरपालिका वडा नं. ११का स्थानिय समाजसेवी मोहन प्रसाद चापागाईले भने ‘ आफुहरुले ठुलो मेहेनत गरेर सडक बत्ती लगाएको त्यस समयमा बलराम काफ्ले, डोलप्रसाद अर्याल , नारायण अधिकारी, देवसिंह खड्का , ओम प्रकास वर्णवाल लगाएतको ठुलो मेहेनतले सडक बत्ती लगाउन सफल भएको वताए । जनता संग पैसा उठाएर लगाईका सडक वक्ति अहिले यसरी अलपत्र वन्दा सम्म सम्वन्धित निकायले मर्मत सम्भार गर्ने तर्फ ध्यान दिएको देखिदैन् चापागाईले वताए । आफुले पटक पटक स्थानिय सरकार प्रमुखलाई समेत भनेको र स्थानिय सरकारले आफुहरुले कसरी काम गर्ने भन्ने विषयमा छलफल गरेर अगाडि वढ्ने आस्वासन दिएको
वताए । कोहलपुर नगरपालिकामा विभिन्न योजना अहिले पनि अलपत्र हुदै गएका छन् । यस तर्फ सवैको ध्यान जान आवश्यक रहेको देखिन्छ । स्वर्गिय ओम प्रकाश वर्णवालले बेलुका भएपछि कुन सडक बत्ती आज बलेन भनेर किन बलेन भने र खोज भनेर मर्मत गर्न आगाउने गर्दै आएका थिए । यहिले ओम प्रकाश वर्णवाललाई कोहलपुर बासीले सम्झन थालेका छन् । यता कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यलाई बुझदा आचार्यले भने – सडक बत्ती आफुहरु आउनु भन्दा पहिला देखि नै वल्न छाडेका थिए आफुले आफुले यस विषयमा चासोका साथ लिएको र अव हप्ता दश दिनमा सवै सडक बत्ती मर्मत सम्भार गराएर बाल्ने काम हुने आचार्यले वताए । पहिला आफुहरु आउदा वजेटको आभाव भएका कारणले पनि काम गर्न नसकिएको र अव आर्थिक वर्ष सुरु भएकाले रकम खर्च गर्न सकेत समस्या नभएकाले अव केहि दिनमा नै बक्ति वल्ने आचार्यले वताए ।

२६ श्रावण २०७९ मा प्रकाशित
Nabintech