अन्तर विद्यालय हाजिर जवाफ प्रतियोगिता बागेश्वरी एकेडेमी कोहलपुर प्रथम

पिपलबाेट संवाददाता


संस्थागत विद्यालय कोहलपुर(क्रिसा)ले अन्तर विद्यालय हाजिरजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
क्रिसा कोहलपुरले माध्यामिक तहको खुल्ला हाजिरजवाफ प्रतियोगिता गरेको हो । प्रतियोगितामा विभिन्न २६ विद्यालयहरु सहभागि भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाकी उम प्रमुख संगिता सुवेदीले क्रिसा कोहलपुरले संस्थागत विद्यालयहरुका नानि बाबुहरुको लागी गदै आएका विभिन्न कार्यक्रमहरु धेरै महत्व पूर्ण रहेको वताईन् । विभिन्न कार्यक्रमहरु गर्ने भएकाले बाल बालीकाहरु विभिन्न बहुप्रतिभा मुखी हुने गरेका छन् । कोहलपुर नगरपालिकाले सवै विद्यालयहरु लाई समान तरिकाले हेर्ने गरेको सुवेदीले वताईन् । कार्यक्रमका विशिष्ट अतिथि प्यावसन बाँकेका अध्यक्ष यम वहादुर रावतले कोहलपुर क्रिसाले गर्दा सवै विद्यालयहरु र विद्यार्थीहरुको भेटहुने र विद्यार्थीहरुले आफ्ना प्रतिभाहरु देखाउन पाउने गरेको वताए । क्रिसाले कोहलपुरको खेलकुद विकासमा समेत महत्व पूर्ण भुमिका खेल्दै आएको वताए । कार्यक्रमको सभापतित्व कोहलपुर क्रिसा अध्यक्ष दिनेश सिग्देलले गरेका थिए । अध्यक्ष सिग्देले अव क्रिसाले भदौ महिना भित्र अवको २० वर्ष पछिको मेरो कोहलपुर विषयमा खुल्ला वक्तृत्वकला कार्यक्रम गर्ने सिग्देलले जानकारी गराउका थिए । हाजिरजवाफ प्रतियोगितामा बागेश्वरी एकेडेमी कोहलपुर प्रथम ,हिमालय विद्या निकेटन बैजनाथ द्वतिय र पञ्चमुखी मावि कोहलपुर तृतिय भएका छन् । हाजिर जवाफ प्रतियोगितामा प्रथम ,द्वतिय र तृतिय भएका सवैलाई मेडल र प्रमाण पत्र दिएको क्रिसा सचिव कमान सिंह थापाले वताए । कार्यक्रमको सहजिकरण प्रमोद सुवेदीले गरेका थिए । कार्यक्रम संचालन क्रिसा सचिव कमानसिंह थापाले गरेका थिए ।

२९ श्रावण २०७९ मा प्रकाशित
Nabintech