छात्रा काम्ने थाले पछि नेपाल राष्ट्रिय मावि तिन दिनका लागी बन्द

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकामा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय खड्कवारमा कक्षा ५ मा अध्यनरत छात्राहरुलाई मास हिस्टोरिया लक्ष्यण देखिएपछि तिन दिनको लागी विद्यालय वन्द भएको छ । कोहलपुर नगरपालिका वडा नं. १३मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा अध्यनरत छात्रा हरु काम्ने , श्वास फेर्न गाह्रो हुने जिउँ सिथल हुने समस्या देखिन थाले पछि केहि दिनका लागी विद्यालय वन्द गरिएको विद्यालयका प्रधान अध्यापक पृथ्वीनाथ धितालले
वताए । धितालका अनुसार केहि दिन पहिला देखि केहि छात्रामा यस्तो लक्ष्यण देखिए पनि आईतबार कक्षा पाँचका १० जना छात्राहरु एकै साथ काम्न थाले पछि आफुहरुले कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखावाट चिकित्सकहरुको टोली बोलाएको पछि चिकत्सकहरुले छात्राहरुमा देखिएको लक्ष्यण हेर्दा मास हिस्टोरियाका लक्ष्यणहरु देखिएको वताएका थिए । मास हिस्टोरीया विद्यार्थीहरुमा देखिएको पहिलो घटना भएको धितालले वताए । बच्चाहरुमा समस्या देखिन थाले पछि अभिभावकलाइ समेत बोलाइएको थियो । विद्यार्थीहरु भदौ २३,२४र २५ गते पनि केहि छात्राहरुमा समस्या देखिएको थियो र २६,२७,२८ गते विद्यालय बन्द भएको थियो । फेरी आईतबार विद्यालय खोल्दा पुर्ण समस्या देखिएको हुदा विद्यालय बन्द गरिएको धितालले वताए ।

२९ श्रावण २०७९ मा प्रकाशित
Nabintech