बाँकेमा लेनदेन मुद्दाका फरार प्रतिवादी एक जना पक्राउ

पिपलबाेट संवाददाता


बाँके प्रहरीले लेनदेन मुद्दाका फरार प्रतिवादी एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जानकी गाउँपालिका ३ बस्ने ५० वर्षीय राम पल्टन कादु रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । बाँके जिल्ला अदालत बाट गत बैशाख ९ गते गुप्तालाई लेनदेन मुद्दामा ६ महिना कैद फैसला भएको थियो । फरार प्रतिवादीलाई खोज तलास गर्ने क्रममा सोमबार पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाईएको प्रहरीले जानकारी दिएको छ ।

३० श्रावण २०७९ मा प्रकाशित
Nabintech