सरकारी जागिर खाने र सरकारी जमिन अतिक्रमण गरेर बस्ने छुट कसैलाई छैन : आचार्य

पिपलबाेट संवाददाता


कोहलपुरमा सरकारी जमिनमा अतिक्रमण गरेर राजगर्नेहरुलाई नगरपालिकाले हटाउन सवै राजनीतिक दलहरु संग र सम्बन्धित मन्त्रालय संग परामर्स सुरु गरेको छ । कोहलपुर नगरपालिका र कोहलपुर नगर विकास क्षेत्रमा  सरकारी जमिन अतिक्रमण गरेर बसोवास गरेकालाई तत्काल हटाउन नगरपालिकाले सम्वन्धित सवै निकायमा पत्राचार गरिएको अव केहि समय भित्र आफुहरुले कदम अगाडि वढाउने कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले वताए । विभिन्न जिल्लामा जग्गा जमिन भएका , सरकारी जागिर भएकाहरु कोहलपुरमा सुकम्वासी हुन नपाउने आचार्यले वताए । सरकारी जागिर खाने अनि सरकारी जमिन अतिक्रमण गरेर बस्ने छुट कुनै पनि नेपाली नागरिकलाई नभएको आचार्यले वताए । आफुहरुले कोहलपुर क्रिकेट मैदान आसपासमा नगर विकासको जमिन अतिक्रमण  गरेर लामो समयदेखि नरग विकसको जमिनमा रजाई गर्ने हरुको सवैको बायो डाटा आफुहरुले तयार गरिरहेको हुँदा को कहाँ वाट आएको र उसको परिवारको अवस्था कस्तो हो भनेर सवै बुझने सकेत मेयर आचार्यले वताए । यदि उनिहरु बास्तविक सुकम्बासी भए इतिहासमै सक्तिशाली भुमी आयोग बनेको र काम कार्वाही अगाडि बढाएको अवस्थामा भुमीहिनहरुको उचित ब्यस्थापन हुने भन्दै जवर्जस्ती भुमी हिनका नाममा सम्पन्न व्यक्तीहरुले कब्जागरेका जग्गाहरुखाली गराउनु हाम्रो कर्तव्य रहेको बताए आचार्यले वताए । अन्य जिल्लाका सुकम्वासी कोहलपुरले व्यवस्थापन गर्नु पर्ने कुनै किसिमको बाध्यता नभएको वताए । कोहलपुरको समग्र विकासको लागी कोहलपुरमा रहेका राजनीतिक दलहरु नागरिक समाज, सचेत नागरिहरु समेतको भुमिका रहने भएकाले सवैलाई यस विषयमा सल्लाह सुझाव दिन समेत आचार्यले आग्रह समेत गरेका छन् । कोहलपुर सवैको भएकाले अव कोहलपुर सवै मिलेर बिकासका कामहरु अगाडि वढाउनु पर्ने आवश्यकता भएको
वताए ।

३१ श्रावण २०७९ मा प्रकाशित
Nabintech