नेपाल विद्युत प्राधिकरण कर्मचारी संघद्धारा भदौ १ कोहलपुरमा बृहत रक्तदान कार्यक्रम हुने

पिपलबाेट संवाददाता


“ स्वच्छ प्रशासन सक्षम व्यवस्थापन आजको आवश्यकता, संस्थागत र कर्मचारी हकहित हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ कोहलपुर इकाई समितिले बुधबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल विद्युत प्राधिकरणको ३७ औं बार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान गर्न लागिएको संघका सचिव लक्ष्मण केसीले वताए । पछिलो समयमा बाँके जिल्लामा रगत अभावको समस्या र समाजप्रतिको आफुहरुको उत्तरदायित्वको भाव बोध गर्दै रक्तदान जिवनदान भन्ने मुलमर्म आत्मसाथ गर्दै कार्यक्रम आयोजाना गरिएको के.सि.ले वताए ।
भदौ १ गते बुधबार विहान ९ बज्ये नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रको परिषदमा कार्यक्रम आयोजना गरिएको के .सि.ले वताए । कार्यक्रमा आएर रत्तदान गर्ने सवै जनालाई हार्दिक आमन्त्रण समेत गरेका छन् ।

३१ श्रावण २०७९ मा प्रकाशित
Nabintech