भारतको ७५औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा कोहलपुरमा कपडा तथा फलफुल वितरण

पिपलबाेट संवाददाता


“नेपाल –भारत मैत्री अमर रहोस” भारतको ७५औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा नेपाल –भारत मैत्री संघ कोहलपुर उपशाखाले दृष्टिविहिन बाल बालिकाहरुलाई कपडा तथा फलफुल वितरण गरेका हुन् ।

कोहलपुर नगरपालिका वडा नं. १० मा रहेको त्रिभुवन नमुना माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन बालबालिकालाई वितरण गरिएको नेपाल भारत मैत्री संघ कोहलपुर उपशाखा बाँकेका अध्यक्ष चण्डी प्रसाद गैरेले वताए ।संघको टोलि विद्यालयमा पुगेर समाग्री हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रमा नेपाल भारत मैत्री संघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष शुष्मा शर्माले भारतको ७५औं स्वतन्त्रता दिवसको अवसर पारेर दृष्टिविहिन बालबालिकालाई समाग्री वितरण गरिएको वताईन् । कार्यक्रमा नेपाल–भारत मैत्री संघ केन्द्रिय सदस्य रमारानी वैश्य त्रिभुवन नमुना माध्यामिक विद्यालयकी प्रधानध्यापक देवका थापा , त्रिभुवन नमुना माध्यामिक विद्यालयकी शिक्षिका श्रृजना शाह नेपाल भारत मैत्री संघ कोहलपुरका कोषध्यक्ष राधा आचार्य ,सदस्य हरी श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

१ भाद्र २०७९ मा प्रकाशित
Nabintech