नेपाल भारत मैत्री अमर रहोस् भन्ने नाराका साथ हिन्दुनारीहरुमहान चार्ड हरितालिका तीजको अवसरमा जेष्ठ नागरिकहरुलाई दर खुवाउने कार्यक्रम कोहलपुरमा सम्पन्न भएको छ । नेपाल भारत मैत्री संघ कोहलपुर उप शाखाले आयोजना गरीएको दर खुवाउने कार्यक्रममा बोल्दै नेपाल भारत मैत्री संघकी केन्द्रिय वरिष्ठ उपाध्यक्ष शुष्मा शर्माले नेपाल भारत दुवै देशमा नागरिकहरुलाई सहयोग र सदभावको लागी संघले काम गर्ने गरेको वताईन ।
कोहलपुरमा नेपाल भाररत मैत्री संघले विभिन्न खालका समाजिक कार्य गदै आएको छ । कोभिडको समयमा असायहरु मजदुरहरु लाई खाद्यन वितरण विभिन्न समयमा निशुल्क स्वास्थ्य शिविर ,न्यानो कपडा वितरण, विद्यालयलाई स्कुल वस वितरण , स्वास्थ्य संस्थालाई एम्मुलेन्स वितरण जस्ता विभिन्न कार्यक्रममा सहयोग गदै आएको वताईन् ।
कोहलपुरमा रहेको प्रवुद्ध जेष्ठ नागरिक मञ्च कोहलपुरले समायोजन गरेको कार्यक्रमा ११० जना बुवा आमाहरुलाई दर खुवाईएको नेपाल भारत मैत्री संघ कोहलपुरकी कोषाध्यक्ष राधा आचार्यले वताईन् । दर खुवाउने कार्यक्रमा नेपाल भारत मैत्री संघले दुई जना आमा दमन्ती लम्साल र बुवा .जुद्ध प्रसाद भट्टराईलाई सम्मान समेत गरेका थिए । कार्यक्रमको सभापतित्व नेपाल भारत मैत्री संघका कोहलपुर शाखा अध्यक्ष चण्डी प्रसाद गैरेले गरेका थिए । गैरेले जेष्ठ नागरिकहरु तिजको अवसरमा यसरी सवै जनालाई एकै साथ राख्यर दर खुवाउन पाउँदा आफुहरुलाई अत्यन्त खुसी लागेको गैरेले वताए ।