विभिन्न ११बुँदे माग सहित कोहलपुर नगरपालिकाका कर्मचारीहरु आन्दोलनमा

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिकामा कर्मचारीहरुले आदोलन  गरेका छन् । सोमबार ‘देश भरीका सम्पूर्ण राष्ट्रिसेवक कर्मचारीहरु एक हौं ।’ भन्ने मुल नाराका साथ निजामति कर्मचारी संगठन र निजामति कर्मचारी यूनियनको संयुक्त रुपमा माग राख्दै हातमा कालोपट्टी बाधेर आदोलन गरेका हुन् । आन्दोलनमा बोल्दै नेपाल निजामति कर्मचारी संगठन बाँकेका पुर्व अध्यक्ष अग्नि प्रसाद आचार्यले आफ्ना मागहरु पुरा नभएसम्म विभिन्न चरणमा आन्दोलन गर्ने बताएका छन् ।कर्मचारी मैत्री र सेवा मैत्री हुने गरी संघिय÷प्रदेश र स्थानीय तहका लागि निजामति सेवा ऐन तत्काल जारी गनुपर्ने लगायत ११ बुँदे मागहरु राख्दै आन्दोलन गरेका थिए ।
उनिहरुले राख्यका कर्मचारी मैत्री सङ्घीय निजामती सेवा ऐन ,प्रदेश निजामती सेवा ऐन तथा स्थानीय सेवा ऐन तत्काल जारी गर्नुपर्ने , क्ष्तीपूत्तिसहितको नागरिक सेवा प्रवाहको सुनिश्चिताता गर्नुपर्ने, प्रशासनिक एकरुपता कायम गर्न तीनै तहगत प्रणाली लागु गर्नुपर्ने , तीनै तहमा कार्यरत कर्मचारीहरुलाई निजामती सेवाको परिभाषामा समावेश गर्नुपर्ने ,तीनै तहमा अन्तर सम्वन्ध कायम हुने गरी राष्ट्रिय स्तरका ट्रेड युनियन र आधिकारीक ट्रेड युनियनको व्यवस्था गर्नुपर्ने , कमर्चारी समायोजन वाट उत्पन्न समस्याको न्यायोचित समाधान गर्नुपर्ने , सवै तह समूह र पदमा  आन्तरिक प्रतिस्पर्धा,बुटुवा लगायतका समान वृति विकासको सुनिश्चितता गर्नुपर्ने,अस्थायी करार र ज्यालादारीमा रहेका कर्मचारीहरुको न्यायोचित व्यवस्थापन गर्नुपर्ने, राष्ट्रिय स्तरका ट्रेड युनियनहरुको सहभागिता रहने गरी “पे कमिसन ”गठन गर्नुपर्ने, सवै पदका कर्मचारीहरुको पदसोपान बमोजिम तलवमान कायम गर्नुपर्ने, संघ ,प्रदेश र स्थानिय तह माध्ये एक तहबाट अर्को तहमा सेवा प्रवेश गर्दा सेवा निरन्तरता कायम गर्नुपर्ने लागाएतका माग सहित कर्मचारी आन्दोनमा रहेका छन् ।

६ भाद्र २०७९ मा प्रकाशित
Nabintech