भदौ १५ गते भित्र कोहलपुरमा नापी तथा मालपोतको शाखा कार्यालय स्थापना गर्न मन्त्री श्रेष्ठ निर्देशन

पिपलबाेट संवाददाता


भूमिसुधार तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सरकारले सबै भूमिहीनलाई लालपुर्जा वितरण गर्ने योजना बनाएर कार्यान्वयन चरणमा रहेको बताईन् । उनले कोही पनि मानिस भूमिहीन र सुकुम्बासी नहोस् भनेर सरकारले सबैलाई जग्गा उपलब्ध गराउने अभियान थालेको बताईन् । नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले भूमिहीन र सुकुम्बासीको पहिचान गरेर उनीहरुलाई जग्गा उपलब्ध गराउन नै जिल्ला जिल्लामा आयोगको शाखा गठन गरेर कामलाई तीव्र पारेको जानकारी गराईन् । उनले सरकारले जनतालाई सुविधा दिन नापी र मालपोत कार्यालयहरु पनि स्थानीय तहसम्मै पुर्याउने लक्ष्य लिएको बताईन् ।सोही क्रममा लामो समयदेखिको जनताको मागलाई ध्यानमा राखेर एक हप्ताभित्रै नापी तथा मालपोतको शाखा कार्यालय कोहलपुरमा स्थापना गर्न नापी र मालपोत कार्यालय बाँकेका प्रमुखलाई मन्त्री श्रेष्ठले निर्देशन दिईन् ।मन्त्रालय र विभागले गर्ने सबै प्रक्रिया पूरा भइसकेको जनाउदै उनले तत्काल कार्यालय स्थापना गर्न निर्देशन पनि दिईन् । सो अवसरमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य नरेन्द्र न्यौपानेले मन्त्रीसँग नापी र मालपोत शाखा कार्यालय स्थापनामा ढिलाई भइरहेको गुनासो गर्दै तत्काल स्थापना गरिदिन आग्रह गरिन् । मन्त्री श्रेष्ठसँग लुम्बिनी प्रदेशका सांसद एवम् माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी नमूना, केन्द्रीय सदस्य नरेन्द्र न्यौपाने लगायतका नेताहरुले भूमिहीन र सुकुम्बासीका समस्या समाधान गर्न ध्यानाकर्षण गराएकी थिईन् । सोही अवसरमा भूमि आयोग, बाँकेका अध्यक्ष श्रवणकुमार यादवले मन्त्री श्रेष्ठसँग भेट गरेर जिल्लाको भूमिहीन समस्याबारे अवगत गराईन् । यसैबीच, मन्त्री श्रेष्ठको निर्देशनपछि मालपोत कार्यालय बाँकेले भदौ १५ गते भित्र कोहलपुरमा शाखा कार्यालय स्थापना गर्ने तयारी गरेको छ ।

७ भाद्र २०७९ मा प्रकाशित
Nabintech