नगरविकास समितिले तिन दिनेभित्र अतिक्रमण हटाउन अल्टिमेटम

पिपलबाेट संवाददाता


कोहलपुर नगर विकास समिति कोहलपुरले सडक पेटी ,फुटपाथ र सम्झौता समय समाप्त भएका सवै
संरचना तथा व्यवसायीहरु लाई ३ दिन भित्र संरचना खाली गर्ने सूचना टास गरेको छ । सूचनामा भनिएको छ नगर विकास समितिको मिति २०७९\०३\३० गतेको बोर्ड बैठकबाट निर्णय भए अनुसार सार्वजनीक सूचना समेत प्रकाशन
गरी सकेको अवस्थामा पनि केहि पनि कार्यन्वयन नभएकाले पूर्ण तिन दिनको समय सिमा दिएको कोहलपुर नगरविकास समितिका सदस्य सचिव टिकाराम ढकालले वताए । कोहलपुर नगर विकास समिति भित्र व्यवसाय संचालन गदै आएका व्यावसायीहरु , जग्गा \फुटपाथ\सटक पेटी , तथा खुल्ला स्थान खाली गर्ने दिन दिनको समय दिईएको ढकालले जानकारी गराएका थिए । यदि उक्त अवधि भित्र पसल \संरचना जग्गा खाली नगरेमा समितिले स्वयम् खाली गराउने छ र खाली गर्दा लागेको खर्च समेत सम्वन्धित संस्थाबाट सरकारी बाँकी सरह असूल उपर गर्ने सूचनामा भनिएको छ ।कोहलपुर नगर विकास समितिले पटक पटक प्रयास गरेको भएतापनि विभिन्न राजनीतिक दलहरुको आडमा
सरकारी जमिन र संरचना कव्जा जमाउदै आएका छन् । कोहलपुर बसपार्क र क्रिकेट मैदान , कोहलपुर का ठुला होटलहरुले सडक पेटी सकेत कव्जा गरेका छन् । कोहलपुर नगरविकास समितिका अध्यक्ष पूर्ण प्रसाद आचार्यले कोहलपुर नगर विकास समितिको नाम मा रहेको जमिन कव्जा गर्ने अधिकार कसैलाई नभएको वताए । साथै समितिका सटरमा वस्नेहरुले सधैका लागी सटर कव्जा जमाउन नपाउने वताए ।

९ भाद्र २०७९ मा प्रकाशित
Nabintech