स्थानिय यूवा जनप्रतिनिधिहरु खेलप्रति उदासिन भएको शाहको आरोप

पिपलबाेट संवाददाता


नवौं राष्ट्रिय खेलकुद २०७९को लागि जिल्ला छनौट प्रतियोगिता अन्तरगत तेक्कान्दो खेलको लागी खेलाडी छनौंट सम्पन्न भएको छ । बाँके जिल्ला खेलकुद विकास समितिद्धारा भाद्र ८र ९ गतेमा नेपालगन्ज रंगशालामा खेलाडी छनौट कार्यक्रम सम्पन्न भएको छ । खेलाडी छनौट प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वन समिति बाँके उपाध्यक्ष सिता कार्कीले जिल्ला छनौट प्रतियोगितामा सहभागि हुनै सवै खेलाडीहरुलाई धन्यवाद तथा शुभकामना दिईन् र छनौटमा पर्न सफल खेलाडीहरुलाई आगामि दिनमा जिल्लाको नाम राख्ने गरेर अगाडि वढ्न अनुरोध समेत गरिन् ।यस्तै कार्यक्रमा बोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष संदिपजंग शाहले खेलाडी छनौट कार्यक्रम जिल्लाले गदै आएको वताए ।

तर जिल्ला खेलकुद विकास समितिले खेलाडि छनौट गर्दा प्रयोग हुने खेलसमाग्री समेत खरिद गर्नेको लागी जिल्लालाई कुनै पनि ठाँउ बाट सहयोग नभएको र केन्द्रिय , प्रदेश ,स्थानिय सरकारले समेत वेवास्ता गरेको वताए । नेपालमा रहेका सरकारहरुले खेलकुदलाई राम्रो संग नबुझेका कारण समयमा वजेट वठाउन वा दिन नसकेको हुन सक्ने वताए ।शाहले भने– स्थानिय सरकार प्रमुख हरुलाई खेलकुदको बारेमा र जिल्लामा खेलाडीहरुको विकास गर्नेकोलागी उहाँहरुले सहयोग नगरेको र गर्न तर्फ समेत चासो नदेखाएको शाहले आरोप समेत लगाए । बाँके जिल्लाका स्थानिय निकायमा यूवाहरु नै निर्वाचित भएर आएतापनि यूवाहरुले यूवाहरुको खेलकुद विकास भन्दा पनि विभिन्न एन.जियो. का कार्यक्रम वढि प्राथमिकतामा पर्ने गरेको वताए ।

स्थानिय निकार्यलेहरु स्थानिय खेलाडी हरुको वारेमा चिन्ता गर्ने आवश्यक रहेको वताए । बाँके जिल्ला तेक्कान्दा छनौट प्रतियोगितामा २२ जना खेलाडी जिल्लामा छनौटमा परेका छन् । छनौट हुने खेलाडीहरुमा छात्र गेरुगी तर्फ ५४ केजि तौलमा आरमुङ थापा ,५८ केजि तौलमा पर्वत राना मगर ,६३ केजि तौलमा कमल वली,६८ केजि तौलमा विपिन शाही , ७४ केजि तौलमा वल वहादुर वली ,८० केजि तौलमा सन्तोष थारु ,८७ केजि तौलमा निम वहादुर वि.क.,८७ केजि तौलमा सुनिल कुमार गुप्ता छनौट भएका छन् । यस्तै छात्रा तर्फ ४६ केजि तौलमा अस्मिता चन्द ,४९ केजि तौल मा रितिका शाही ,५३ केजि तौलमा निलिमा मल्ल ,५७ केजि तौलमा माया वली,६२ केजि तौलमा ज्ञानिता कुलाला , ६७ केजि तौलमा विनिता खत्री ,७३ केजि तौलमा वर्षा केसी. र संगिता थारु छनौट हुन सफल भएका हुन । पुम्से तर्फ छात्रमा प्रथम युवराज राना, द्वतिय सुजन चन्द ,तृतिय युवराज थारु छनौट भएका छन् । छात्रा तर्फ प्रथम सानिया ओली, द्वतियदिप शिखा रानाभाट ,तृतिय प्रिती चन्द छनौट भएको जिल्ला तेक्कान्दा संघका अध्यक्ष प्रकाश लामिछानेले वताए ।

 

१० भाद्र २०७९ मा प्रकाशित
Nabintech