समाचारका प्रभावले कोहलपुर बजार क्षेत्रमा रहेका सडक वक्ति मर्मत कार्य हुदैं

पिपलबाेट संवाददाता


रात्रि समयमा आवतजावतका साथै सम्भावित आपराधिक घटना तथा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कोहलपुर वजार क्षेत्रमा राखिएका अधिकांश सडक बत्ती मर्मत हुन थालेका छन् । कोहलपुरबाट प्रकाशन हुने पिपलबोट दैनिकमा समाचार प्रकाशन भए पश्चाल कोहलपुर नगरपालिकाले कोहलपुर चौराहा देखि कोहलपुर गोल्छा सम्म रहेका सडक बक्ति मर्मत कार्य सुरु गरेको छ । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले केहि दिन अगाडि पिपल बोट दैनिक संग कुरा गदै भनेका थिए एक हप्ता भित्रमा काम शुरु गर्ने भनेको दिन भित्रनै मर्मत काम शुरु गरेका छन् । केहि वर्ष पहिला कोहलपुर वडा नं. १० का निर्वतमान वडा सदस्य ओम प्रकास वर्णवालले कोहलपुर वजार क्षेत्रमा प्रति मिटर दुई सयका देरले करिव ११लाख रुपैया संकलन गरेर सडक वक्ति जडान गरेका थिए । कोहलपुर नगरपालिका वडा नं. ११का स्थानिय समाजसेवी मोहन प्रसाद चापागाईले भने ‘ आफुहरुले ठुलो मेहेनत गरेर सडक बत्ती लगाएको त्यस समयमा बलराम काफ्ले, डोलप्रसाद अर्याल , नारायण अधिकारी, देवसिंह खड्का , ओम प्रकास वर्णवाल लगाएतको ठुलो मेहेनतले सडक बत्ती लगाउन सफल भएको वताए । जनता संग पैसा उठाएर लगाईका सडक वक्ति अलपत्र अबस्थामा रहेकालाई कोहलपुर नगरपालिकाका युवा मेयर पूर्ण प्रसाद आचार्यले मर्मत सम्भार गर्ने तर्फ ध्यान दिएकोमा आफुलाई खुसी लागेको चापागाईले वताए । आफुले पटक पटक पूर्व नगरप्रमुख संग कुरा गर्दा सुनुवाई नभएता पनि अहिलेका नगर प्रमुखले आफुहरुका गुनासा सुनेर मर्मत सम्भार गर्न लागेकोमा कोहलपुर नगरपालिकालाई धन्यवाद समेत दिए ।

१० भाद्र २०७९ मा प्रकाशित
Nabintech