माध्यमिक विद्यालय स्तरीय खुल्ला कविता प्रतियोगिता हुँदै

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिका–११ मा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रद्धारा खुला कविता प्रतियोगिता गर्न लागेको छ । “ पढौ पढाऔं निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं ” भन्ने नाराका १५ औं राष्ट्रिय पुस्तकालय दिवस–२०७९ को अवसरमा बाँके जिल्ला माध्यमिक विद्यालय स्तरीय खुला कविता प्रतियोगिता गर्न लागेको हो ।पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्धितीय हुनेलाई ७ हजार, तृतीय हुनेलाई ५ हजार र सान्त्वना हुनेलाई २ हजार रहेको छ । यहि भाद्र १३ गतेसम्म आफ्नो विद्यालय वा सहभागि हुने व्यक्तिहरुको नाम दर्ता गर्नुहुन अनुरोध गरिसकेको अध्यक्ष भट्टराईले बताए ।  प्रतियोगितामा एउटै विद्यालयबाट धेरै विद्यार्थीहरु सहभागि हुन सक्ने  छन् । सो प्रतियोगिताको समन्वय हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर, बाँकेले गरेको छ ।

 

१० भाद्र २०७९ मा प्रकाशित
Nabintech