शुटिङ्ग खेलको जिल्ला छनौट भदौ १५मा हुने

पिपलबाेट संवाददाता


नवौं राष्ट्रिय खेलकुद २०७९ को लागी जिल्ला शुटिङ्ग संघले भदौ १५ गते खेलाडी छनौट गर्ने निर्णय गरेको छ । जिल्ला शुटिङ्ग संघ बाँकेको शुक्रबार बसेको कार्य समिति को वैठकले भदौ १५ गते शुटिङ्ग खेलाडीहरुको छनौट गर्नेको लागी जिल्ला शुटिङ्ग संघ बाँकेका कोषाध्यक्ष अरुण बिक्रम शाह संयोजकमा तिन सदस्य समितिलाई छनौटको जिम्मा दिईएको छ । जसको सदस्यमा सुभाष सिंह श्रेष्ठ र पप्पु मुसलमान सदस्य रहेका छन् । जिल्ला शुटिङ्ग संघ बाँकेका अध्यक्ष रमेश मल्लको अध्यक्षतामा बसेको संघको बैठकले प्रदेश शुटिङ्ग संघको गठनको लागी नरेन्द्र थापा र बदरुदिन अन्सारीको नाम समेत सिफारिस गरेको छ । वैठकमा आमन्त्रित सदस्यमा जिल्ला खेलकुद विकास समितिका अपाध्यक्ष चेतकान्त भट्टराई र शुटिङ्ग प्रशिक्षक राजेन्द्र सिंह समेतको सहभागिता रहेको थियो ।

११ भाद्र २०७९ मा प्रकाशित
Nabintech