कोहलपुरमा नापी र मालपोतको शाखा कार्यालय उद्घाटन

न कर्मचारी दरबन्दी न त भौतिक पूर्वाधार


पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा मालपोत र नापी कार्यालय स्थापना गरिएको छ। दुई कार्यालयको आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिवी  निवारण मन्त्री शशी श्रेष्ठले उद्घाटन गरिन्। कोहलपुर नगरपालिका, राप्तीसोनारी र वैजनाथ गाउँपालिकाका जनतालाई सेवा दिनका लागि कोहलपुरमा मालपोत र नापी कार्यालय स्थापना गरिएको हो। नगर विकास समितिको भवनमा मालपोत र नापी कार्यालय उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शशी श्रेष्ठले संविधानको रक्षा गर्न बनेको वर्तमान सरकारले जनतालाई सहज र सरल तरिकाले सेवा दिन लागि परेको बताइन्। मन्त्री श्रेष्ठले कार्यालय संचालनमा केहि ढिलाहुने आसङका नगर्न समेत सवैलाई आग्रह समेत गरिन् । जनता आफुले जनतालाई कहिले पनि दुःख नदिने गरेर काम गर्ने सवै आफु मातहतका कर्मचारीहरुलाई भनेको वताईन् ।उनले देशभरका भुमिहिन तथा सुकुम्वासी लाई सरकारले लालपूर्जा वितरण गर्ने निति लिएको समेत जनानकारी दिईन । सरकारको लक्ष्य अनुसार मन्त्रालयले अबको २ वर्षभित्र सबै भुमिहिनलाई लालपूर्जा बाँड्ने आधार समेत तयार गरीसकेको मन्त्री श्रेष्ठको भनाई थियो । यस्तै युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले कोहलपुरमा मालपोत र नापी कार्यालय देखाउनका लागि मात्रै नभइ काम गर्नका लागि उद्घाटन गरिएको बताए।पूर्व उपसभामुख पूर्णकुमारी सुवेदीले आज उद्घाटन गरिएको मालपोत र नापी कार्यालय निर्वाचनअघि सुचारु भएको कोहलपुरवासीले हेर्न चाहेको बताइन्। कोहलपुरका मेयर पूर्ण आचार्यले मालपोत र नापी कार्यालय सञ्चालनका लागि बजेट र जनशक्तिको अभाव हुन नदिन आग्रह गरे। आचार्यले जनताले लामो समय पश्चात कोहलपुरले मालपोत र नापी कार्यालय कोहलपुर मा ल्याउन पहल गर्ने सवैलाई धन्यवाद समेत दिएका थिए । मन्त्रालयका सचिव, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागका महानिर्देशकले कोहलपुरबाट छिट्टै मालपोत र नापी कार्यालय सञ्चालनमा आउने आश्वासन दिएका छन्। बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, मालपोत कार्यालय, बाँकेका प्रमुख छविलाल नेपाली, नापी कार्यालय, बाँकेका प्रमुख नापी अधिकृत सहदेव सुवेदीले यथाशिघ्र सञ्चालन हुने मालपोत र नापी कार्यालयबाट यस क्षेत्रका जनताले सुविधा पाउने विश्वास व्यक्त गरे।उद्घाटन गरिएको मालपोत र नापी कार्यालयका लागि बजेट छुट्याइसकिएको छैन। कर्मचारी दरबन्दी कायम गरिएको छैन। न त भौतिक पूर्वाधार नै राम्रो छ। चुनावलाई लक्षित गरेर कार्यालय उद्घाटन गरेकोजस्तो देखिन्छ।

१२ भाद्र २०७९ मा प्रकाशित
Nabintech