मेयरको ‘डोजर’ रोकियो : अबरोध पु¥याउने लाई संस्थागत रुपमा बहिस्कार गर्ने चेतावनी

अतिक्रमित संरचना हटाउने अभियानः बुधवार फेरि सर्वदलिय बैठक


पिपलबाेट संवाददाता


कोहलपुरको न्यूरोडमा रहेको कोहलपुर खाजा घर पूर्ण आचार्यको पहिलो निसाना परेको थियो । लामो समयदेखि कोहलपुर नगरविकास समितिलाई बुझाउनु पर्ने भाडा नबुझाएको हुदा नै पहिलो निसानामा परेको थियो खाजा घर । नगरप्रमुख आचार्य सहितको नेतृत्वमा टोली बिहानै देखि खटिएको थियो । अतिक्रमित संरचना हटाउनुअघि पत्रकारलाई आफ्नो धारणा दिदैँ मेयर आचार्यले भने–‘स्थानीय तहले गरेका राम्रा योजनाहरुमा जुन जुन राजनीतिक दल, जुन जुन राजनीतिक दलका नेतृत्वले अबरोध गर्नुहुन्छ हामीले सबैको लिष्ट तयार पारि सार्वजनिक गर्छौं उनीहरुलाई संस्थागतरुपमा बहिस्कार गर्नेछौं ।’ ‘यो काममा जजसले अबरोध पु¥याउने, प्रशासनमा दवाव दिने, हामीलाई दवाव दिने, जनतालाई दिग्भ्रमित पार्ने काम गरिएको छ ती सबैको पर्दाफास हुन्छ । किनभने आजका नागरिकहरु सचेतरुपमा अगाडी आइसकेकाछन् । स्थानीय सरकारलाई बाधा अवरोध पु¥याउने कुनै पनि काम कोहलपुरले स्विकार्ने छैन भन्ने हामीले देखाउनेछौं’ मेयर आचार्यले भने । कोहलपुरमा सुशासनको सुरुवात भएको बताउँदै मेयर आचार्यले भने –‘बैध अभियानमा एक्यबद्धता जनाउँदै साथ र सहयोग गर्न म नगरबासीसंग आग्रह गर्छु । कोहलपुरमा विधिको शासन सुरु भएकोछ, बेथितीका चाङहरु विस्तारै हट्दै जान्छन् । र, हामीले सुरुवात गरेको अभियानले हामीलाई मात्र नभएर समग्र कोहलपुरलाई फाईदा गर्छ, टेवा पु¥याउँछ ।’ ‘म कोहलपुरबासीलाई अनुरोध गर्न चाहन्छु हामीले गरेका रचनात्मक र राम्रा काममा सहयोगको अपेक्षा राख्दछौं । नकी केही सिमित ब्यक्तिहरुको प्रभावमा, मुठिभर शासन सत्ता लिएर माफियातन्त्र बनाउन प्रयास गरिएको छ । यसको हामीले विरोध गर्नै पर्छ त्यसको सुरुवात आजबाट भएकोछ’ मेयर आचार्यले बताए । मेयर आचार्यले अतिक्रमित संरचना हटाउने अभियान कोहलपुर खाजाघरबाट शुरु गरे । लगत्तै कोहलपुरको न्यूरोडमा रहेको ३÷४ वटा अतिक्रमित टहरा भत्काएर बसपार्क पुगेको डोजरमाथि स्थानीयले ढुङ्गा प्रहार गरेपछि विवाद उत्पन्न भयो र हाललाई अतिक्रमित संरचना हटाउने कार्य स्थगित गरिएकोछ । अतिक्रमण गरिएका संरचना हटाउन खोज्दा कोहलपुरमा तनाव उत्पन्न भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको  थियो । स्थानीयले हातमा चिरपट, भाटा, लाठी, ढुङ्गा लिएर उभिएका थिए । भने केहीले डोजरमाथि समेत ढुङ्गा र ईट्टा प्रहार गरेका थिए । विकल्प नदिएर अचानक डोजर लगाएको भन्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएपछि केहीबेर स्थिती तनावपुर्ण बनेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी एनबहादुर मल्लले बताए । ‘स्थिती तनावपुर्ण भएपछि डोजर रोक लगाइएको थियो । नेपालगन्जबाट प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री पुगेपछि हाललाई अतिक्रमित संरचना हटाउने कार्य स्थगित गरिएको हो ।कोहलपुर नगर विकास समिति भित्रका अतिक्रमित संरचनाहरु खाली गराउन कानुन सम्मतरुपमा अगाडि बढ्ने सर्वदलिय तथा सर्वपक्षिय सहमति बनेको छ । कोहलपुर नगरपालिकाले नगर विकास समिति भित्र रहेका अतिक्रमित संरचनाहरु हटाउनेक्रममा वसपार्क क्षेत्रमा विरोध भएपछि सोमवार नगरपालिकामा आकास्मिकरुपमा बसेको सर्वदलिय तथा सर्वपक्षिय बैठकले त्यसका लागि यही १५ गते बुधवार फेरि सर्वदलिय बैठक बसेर कानुन सम्मतरुपमा अगाडि बढ्ने निर्णय गरेको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए । ‘सिडिओ सावको आग्रहमा फेरि एक पटक सर्वदलिय बैठक बसौं भन्ने निर्णय भएको छ आचार्यले भने–‘कानुनी बैधताअनुसार स्थानीय सरकार अघि बढ्छ ।’ आफ्नो अभियान व्यवस्थित र सुन्दर कोहलपुर निर्माणका निमित्त रहेको प्रष्ट्याउँदै आचार्यले यसमा आफु दृढताका साथ अघि बढ्ने बताए । उनले विकासमा राजनीतिक नगर्न पनि सबैलाई अपिल गरेका छन् । नगर विकास समिति भित्रका संरचनाहरु आर्थिक वर्ष ०७५÷७६ मै हटाउने सर्वदलिय सहमति भएको थियो । तत्कालीन नगर विकास समितिका अध्यक्ष अवराज खड्काको अध्यक्षतामा ०७५ साल भदौ ३ गते बसेको सर्वदलिय बैठकमा एमालेका तर्फबाट खिलप्रसाद भुषाल, काँग्रेसका तर्फबाट भूम भण्डारी, नेकपाका तुलाराम विष्ट, राप्रपाका यज्ञराज  रेग्मीसमेतले हस्ताक्षर गरेर नगर विकास समितिभित्रका संरचनाहरु हटाउने सहमति गरेका थिए । तर सोमवार संरचना हटाउने सवालमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले भने पछि हटेको देखिएको छ । राजनीतिक फाइदाकारुपमा जनतालाई भिडाउने काम माओवादी केन्द्र र एमालेको स्पष्ट देखिएको छ । नेकपा माओवादी केन्द्रबाट उपस्थिति पूर्णाकुमारी सुवेदी र एमालेका खिलप्रसाद भुषाल सर्वदलिय बैठकमा सहभागि भएपनि हस्ताक्षर नगरि बाहिरिए । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सरकारी जग्गा संरक्षणमा राजनीति गर्न आवश्यक नरहेको बताए । उनले सार्वजनिक तथा सरकारी जग्गा संरक्षणमा स्थानीय सरकारले थालेको अभियानमा सघाउनु गृहप्रशासनको दायित्व भएको समेत स्पष्ट पारे । उनले भने–‘सरकारी जग्गा संरक्षण गर्छौ भनेर स्थानीय सरकारले गृहप्रशासनको सहयोग खोज्छ भने सहयोग गर्नु हाम्रो दायित्व हो ।’ कोहलपुरको न्यूरोड क्षेत्रमा अतिक्रमण गरेर बनाइएका टहरा र संरचना हटाउन मेयर आचार्य सहितको टोली सोमवार बिहानैदेखि खटिएको थियो । कोहलपुरको न्यूरोडमा रहेको केही टहरा भत्काएर बसपार्क पुगेको डोजरमाथि स्थानीयले ढुङ्गामुढा गरेपछि तनाव सिर्जना भएको थियो । त्यसपछि गृह प्रशासनको आदेशमा तत्काल संरचना हटाउने कार्यलाई रोकेर सर्वदलिय तथा सर्वपक्षिय बैठक बसेको थियो । कोहलपुर नगर विकास भित्रका संरचना हटाउन असार महिनादेखि नै उहाँहरुलाई आग्रह गरिएको हो । तर अटेरी गरेपछि बाध्य भएरै संरचना हटाउने अभियान सुरु भएको हो । र, कानुनी प्रक्रिया अनुसार ति संरचनाहरु हटाइन्छ । अव प्रक्रियागत हिसावले कोहलपुर नगरपालिका अगाडि बढिसकेको छ । नगर विकास समितिले बनाएका टहराहरु व्यवसाय गर्न भनेर बनाइएको हो । तर बसपार्क सुधार समितिको नाममा खडा भएको संस्थाले ति टहराहरुलाई अवैध धन्दा बनाएको छ । ति टहरामा जुवा र यौनधन्दा भइरहेको छ । ठग्ने काम भइरहेको । यसको जिम्मेवारी कस्ले लिने ? पहाडबाट झरेका सोझा सिधा नागरिकलाई नांगै पारेर पठाउने काम गरिएको छ । यो जस्तो विडम्वना अरु के हुन सक्छ ? यही बस पार्कमा नांगै हिडेको होइन कोही नागरिक ? कोहलपुरको देश व्यापी वदनाम भएको हैन ? यसको जिम्मेवारी कस्ले लिने ? बस पार्क सुधार समितिले के हे¥यो ? बसपार्क सुधार समितिको कहाँ छ अडिट ? कहाँ छ कार्यसमिति ? कहाँ ग¥यो
सार्वजनिक संस्थामा लगानी ? त्यसको जवाफ स्थानीय सरकारले खोजिरहेको छ र निरन्तर खोज्छ पनि । स्थानीय प्रहरी प्रशासनले यसमा साथ दिनु पर्छ । दिएन भने हामी जनताकोमा जान्छौं । यस्तै धन्दा क्रिकेट मैदानमा भइरहेको छ । बसपार्कमा करोडौंको धन्दा भइरहेको छ भने क्रिकेट मैदानमा अर्वौको धन्दा भइरहेको छ । पहाड तिरका मान्छेहरुलाई फकाई फसाई ऐलानी जग्गा भनेर नगर विकास समितिको जग्गा बेचिएको छ । धेरैको उठिबास बनाइएको छ । त्यहाँबाट आउने कमिसन कहाँ कहाँ पुग्छ ? किन हामी मौन छौं ? देशभरी रहेका जो अवसरको खोजीमा कोहलपुर आए । के तिनीहरु सबैको व्यवस्थापन गर्ने जिम्मा कोहलपुर नगरपालिकाको हो ? कोहलपुर नगरपालिकामा स्थायीरुपमा बसेका नागरिकको व्यवस्थापनका निमित्त माथिल्लो तहमा आग्रह र अनुरोध गर्ने जिम्मा हो । देशभरीका नागरिकको जिम्मा लिन सक्दैन् । भूमिहिनलाई व्यवस्थित गर्ने सवालमा १५ वटै वडामा फर्म भरिसकेका छन् । को सुकुम्बासी हो को भूमिहिन हो ? त्यसको छानवीन गर्ने प्रक्रिया अगाडि बढिसक्यो । अव कस्को व्यवस्थापन गर्नु पर्ने हो ? लोकनगरमा गरीव भनेर बसाइएको छ । त्यहाँ कति गरीव छन् ? कोहलपुर नगरपालिका कोहलपुरको केन्द्रमा छ । उत्तर, पूर्व र पश्चिम तिर ठगि धन्दा बाहेक अरु केही भएको छैन । राजनीतिक नेतृत्वको आडमा, पार्टीको संरक्षणमा जसरी यो धन्दा मौलाइरहेको छ यसको जिम्मेवारी हामी लिन सक्दैनौ । कोहलपुर नगरपालिका गरीवको विपक्षमा छदै छैन । यो बिषयमा मात्र होइन प्रशासनिक सुधारका पक्षमा पनि निर्मन समिक्षा गरेर अगाडि बढिसकेका छौं । कोहलपुर नगरपालिकाको सुधारका लागि कसैसँग सम्झौता गरिदैन । त्यसैले संरचना हटाउने अभियान सुरु भइसकेको छ अव कोहलपुर नगर विकास समितिले आफ्नो बैधता खोज्छ । कि त्यही वस पार्क सुधार समितिले ति संरचनाहरुको बैधता दिनु प¥यो हैन भने त नगर विकास समितिले भोलिदेखि बैधता खोज्छ ।

१३ भाद्र २०७९ मा प्रकाशित
Nabintech