अछाम क्षेत्र नम्बर २ प्रदेशसभा ‘ख’मा शंकर भण्डारीको उम्मेदवारी

पिपलबाेट संवाददाता


नेकपा एकीकृत समाजवादीले अछाम क्षेत्र नम्बर २ प्रदेशसभा ‘ख’बाट पार्टीका केन्द्रीय सदस्य शंकर भण्डारीलाई उम्मेदवार घोषणा गरेको छ । लामो समय कम्युनिष्ट राजनीतिमा सक्रिय भण्डारी एमाले विभाजनसँगै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

पार्टी निर्माणको क्रममा जिल्ला मात्र नभइ संघीय राजधानी काठमाडौंमा समेत मेहनत गरेका भण्डारी अछामबाट उम्मेदवार छनोट भएका हुन् । मुलुकलाई समाजवाद उन्मुख दिशातिर लैजानुपर्ने भावना बोकेका भण्डारी उम्मेदवार बनेर पहिलो पटक निर्वाचनमा होमिएका छन् ।

उनी अछामको हरेक समस्यासँग परिचित उम्मेदवार हुन् । संघीय राजधानी काठमाडौंमा चयनको जीवन बाँचेका भण्डारी अछामी जनताको दुःखलाई सहन गर्न नसकेर राजनीतिमा होमिएका हुन् ।

को हुन् शंकर भण्डारी ?

शंकर भण्डारी अछामको कमलबजार नगरपालिका वडा नम्बर ६ सेउलेमा मा जन्मिएका हुन् । सामान्य जीवनशैलीसँग पनि घुलमिल हुनसक्ने उनको स्वभावले कसैसँग पनि बिझाएका छैनन् । सानोमा तिक्ष्ण बुद्धि र चलाख भण्डारी पढाइमा अब्बल थिए । अहिलेपनि उनी अध्ययनमा निकै रुची राख्छन् । आफ्नो ब्याजमा सधैँ प्रथम हुने भण्डारी एसएलसी परीक्षामा जिल्लाभरमै तृतिय भएका थिए । उनको अध्ययनको क्रम अझै रोकिएको छैन । उनी हाल एनएसयू युनिभर्सिटीबाट पीएचडी गरिरहेका छन् ।

भण्डारीले २३ देशको भ्रमण पनि गरिसकेका छन् । उनलाई ती देशमा भएको विकास र प्रविधिबारे राम्रो अनुभव छ । उनले भ्रमण गरेका देशहरु : अष्ट्रेलिया, कोरिया, बेलायत, पोर्चुगल, जापान, थाइल्यान्ड, कतार, स्वीट्जरल्याण्ड, फिनल्याण्ड, मलेसिया, हङकङ, भारत, डेनमार्क, बहराइन, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, इटली, स्पेन, फ्रान्स, नर्बे, यूएई, स्वीडेन हुन् ।

भण्डारीका विभिन्न राष्ट्रिय सञ्चारमाध्यम, पत्रपत्रिकामा दर्जनौ लेख हरु प्रकाशन भएका छन् । देशैभरीका पत्रपत्रिका, रेडियो, टेलिभिजनमा सयौँ पटक उनले आफ्नो विचार राखेका छन् ।

भण्डारीको अछामी जनतालाई यस्तो आग्रह छ :

सानै उमेरदेखि राजनीतिमै छु । आफुले सकेको सामाजिक काम पनि गरेको छुँ । चाहे त्यो कोरोनाको बेला होस्, बाढी पीडितको बेला होस् अथबा दुःखमा परेका दाजुभाई दिदिबहिनी हरुलाई गरेको सहयोग होस । आफुले सक्ने सहयोग गरेको छु ।

अब मेरो एउटै चाहाना अछामको समृद्धि र विकास हो । त्यसैले तपाईंहरुको सुझाव र आशीर्वादले धन्य हुने थिए । मुलुकमा भइरहेको राजनीतिक परिवर्तनमा हरेक क्षेत्रबाट युवाहरु आइरहेका बेला मेरो उम्मेदवारी रहेको छ । यो उम्मेदवारी मेरो नभइ अछाम क्षेत्र नम्बर २ प्रदेशसभा ‘ख’का जनताको रहेको पनि घोषणा गर्दछुँ ।

१४ भाद्र २०७९ मा प्रकाशित
Nabintech