बसपार्क सुधार समितिले गलत रुपमा कार्य गदै आएको छ त्यसको छानविन स्थानिय सरकारले गर्छ : आचार्य

पिपलबाेट संवाददाता


कोहलपुर सुधार गर्ने अभियान सार्थक गराउन आफु कुनै पनि सम्झौता नगरर्ने कोहलपुर नगर पालिकाका मेयर पूर्ण प्रसाद आचार्य वताए । कोहलपुर नगरविकास समिति बाट केहि वर्ष पहिला कोहलपुर बसपार्क सुधार समितिले भाडामा लिएका बसपार्कमा रहेका सटर भाडा आफ्नो व्यापार गर्ने व्यापारीहरुले छाड्न नमाने पछि कोहलपुर नगर विकास तथा नगरपालिकाले हटाउन लागेको हो ।

कोहलपुर कोहलपुर बसपार्कमा २० वर्ष देखि गरिविको नाममा निम्न शुल्क (कम भाडामा ) सटर भाडामा दिईएको र पछिल्लो दुई वर्षमा ४,हजार ६ हजार मा बसोवास गदै आएका व्यापारीहरुले नगर विकासलाई चाहिएको समयमा ३५ दिन अगाडि सूचना गरेमा आफुहरु छाड्न तयार हुने गरेर बसपार्क सुधार समितिले सम्झौता गरेको थियो । तर अहिले बसपार्क सुधार समितिले कोहलपुर नगर विकासका सटरहरु विभिन्न सोझा गरिवहरुलाई सटर वेच्ने गरेका छन् । तर कोहलपुर नगर विकास समितिले किन वेच गर्नकोलागी नदिएको व्यापार गर्न दिईएको आचार्यले वताए । यसरी सटर बेच्ने कोहलपुर बसपार्क सुधार समितिले सटर वेच्ने कार्य कति उचित हो आचार्यले वताए । कोहलपुर बसपार्कमा आफुहरुले विजनेस टावर वनाउने आफुहरुले प्रक्रिया अगाडि वढाउने अभियानलाई सवैले साथ दिनु पर्ने वताए ।

बसपार्कमा करोडको खेल हुने , क्रिकेट मैदान र लोकनगरमा  अरवको खेल हुने गरेको यस्तो खालको खालको गलत खेललाई रोक्नु आजको आवश्यकता भएको वताए । कसैका दिदि ,भाई ,भान्जा , भिनाजु भएको उहाहरुलाई साथ दिनको लागी आफुले चालेका अभियान नरोकिने आचार्यले वताए । कोहलपुरमा विभिन्न खालका बेतिथिहरुका चाङ रहेका छन् क्रमिक रुपमा ति चाङहरु क्रमस समाप्त पार्ने अभियानमा आफु लागेको वताए । उनले भने प्रमुख जिल्ला अधिकारीलाई अनुरोध समेत गरे तपाईहरु बाटो वाट फिर्ताहरु भयो राम्रो संग बुझेर अव अगाडि वढ्नु पर्ने वताए । आफु कहिले पनि बालेन ,रोल मोडल वन्नको लागी अभियान सुरु नगरेको वताए ।

वषै देखि कोहलपुरमा भएका यस्ता बिक्रितीको विरुद्धको विरोधमा आफुले अभियान चालेको वताए । कोहलपुर क्रिकेट मैदानमा अहिले पनि आफुहरु छिन नदिने कार्य गर्नु कस्तो खालको सरकार चलेको छ । यस विषयमा प्रशासनले ध्यान दिन जरुरी रहेको छ । बसपार्क मा सटर भाडामा रहेका व्यावसायीहरुलाई नया वनेको वसपार्कमा व्यवस्थापन गर्न आफुले नसक्ने वताए । स्थानिय सरकामा खरिद ऐन छन् आफुले उहा हरुलाई सोतह दिन्छु भनेर क्षेनिक आश्वासन दिन आफु नलाने वताए ।

आफुले गल्ती गरेमा मिडिया , विभिन्न पार्टी , र आम जनाताले नछाड्ने भएकाले आफुले पनि गल्ती गर्ने कुनै पनि नागरिलाई छुट दिन नसकिने आचार्यले वताए । कुनै पनि निकायले आफुलाई त्यहाको वस्ती र सटर नहटाउनु भनेर माथिमा निकार्यहरुले पत्र पठाएमा आफुले त्यो कार्य रोक्न सक्ने वताए । बसपार्कमा बसोवास गर्न सवै सटर भाडा वाला असार १ गते देखि अवैध भएको वताए । उनिहरुको सम्झौताको समय समाप्त भएको छ ।

१४ भाद्र २०७९ मा प्रकाशित
Nabintech