पूर्व उपसभामुख सुवेदिका अफन्त भएका कारण टहरा प्रति सुवेदिको सहानुभुती

पिपलबाेट संवाददाता


कोहलपुरमा भएका विभिन्न ठाउँमा अतिक्रमणलाई सधै प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गदै आएकी पूर्व सभामुख पूर्णा कुमारी सुवेदिको हात रहेको विभिन्न छलफलमा देखिने गरेको छ । कोहलपुर नगरपालिकामा भएको मिति २०७९\५\३ गते वसेको सर्वदलिय र सर्वपक्षिय बैठमा उपस्थिती भएकी थिईन् तर उनले उपस्थिती रजिष्टरमा उपस्थिीति गरिनन् । पूर्व उप सभामुख पनि कोहलपुरमा रहेकोसरकारी प्रति ऐलानी जमिन अतिक्रमण गरेर नै वस्दै आएकाले पनि उनले अतिक्रमण गर्नलाई सरकारले उचित व्यवस्थापन गर्नु पर्ने पक्षमा देखिन्छीन् ।

केहि समय पहिला पनि विभिन्न संचार माध्यमा उनका बारेको समाचार समेत आएको थियो । नागरिक दैनिकको २०७५ मंसिर ६ गते करोडौंंको सरकारी जग्गामा सांसदको आँखा भन्ने शिर्षकको समाचार समेत आएको थियो । त्यस समयमा पनि तत्कालिन नगर विकास समितिका अध्यक्ष अवराज खड्काले कोहलपुर बसपार्कमा निर्मित टहरा खाली गरिदिन बसपार्क सुधार समितिलाई नगर विकासले गत जेठ ९ गते पहिलो पत्र पठायो । उक्त पत्रलाई अटेरी गरेपछि कोहलपुर नगरपालिकाले साउन २० गते सर्वपक्षीय बैठकबाट सहमति गराएर टहरा हटाउन आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय ग¥यो। समितिले दोस्रो पटक पुनः साउन २५ गते सूचना पठायो। यही विषयलाई लिएर सांसद सुवेदीले प्रतिनिधिसभाको शून्य समयमा विवादास्पद अभिव्यक्ति दिइन्, ‘बरु बसपार्क निर्माण नहोस्, नगर विकास समितिको जग्गामा बसेकालाई कुनै पनि हालतमा उठाउने काम नहोस्, यसतर्फ सरकारको ध्यान जाओस्।’ उनको त्यो अभिव्यक्तिले बसपार्क क्षेत्रमा बसेका व्यक्तिको मनोबल झनै बढायो।
उनै प्रतिनिधिसभाकी सदस्य एवं प्राकृतिक स्रोत समितिकी सभापति पूर्णाकुमारी सुवेदीले फेरी पनि मिति २०७९\०५ \१३ गते बसपार्क क्षेत्रमा फिल्डमा आएकार कोहलपुर नगरविकास समितिका अध्यक्ष तथा कोहलपुर नगर पालिकाका मेयर पूर्ण प्रसाद आचार्यलाई असहयोग गर्दै उनै टहरामा डोजर लगाउन अवरोध गरिन् सो समयमा सुवेदीले भनिन् सवै पक्ष वसेर समस्याको समाधान निकाल्नु पर्ने भन्दै सर्व पक्ष बैठक बोलाउन बाँकेका प्रमुख जिल्ला अधिकारीलाई आग्रह समेत गरेर बैठक बोलाउन लगाईन तर उनले वैठकमा उपस्थिीती रजिष्टरमा आफुले हस्ताक्षर समेत गरिनन् । यसले पनि के प्रष्ट बुझिन्छकी उनि आफ्नो घरमा समेत डोजर लाग्न् सक्ने आसङकामा रहेको कारण यस्तो गरेको आकलन गर्न सकिन्छ । कोहलपुर नगर विकास समितिको स्वामित्वमा रहेको १३ कट्ठा जमिन हडप्न खोजेको आरोप सांसद पूर्णकुमारी सुवेदीमाथि लागेको छ ।
नगर विकास समितिले आसर बाट लागु हुनेगरी टहरा व्यवसायीसँगको सम्झौता रद्द गरिसकेको छ । सांसद सुवेदीको आडमा त्यहाँका ७२ घरपरिवारले नगर विकास समितिलाई अटेर गर्दै आएका छन्। उक्त स्थानमा सुवेदीका नातेदार पनि बस्ने गरेको तथ्य बाहिर आएको छ । स्थानीयका अनुसार उक्त जग्गामा सांसद सुवेदीकी भाइबुहारी सुमा सुवेदी, बहिनी ज्वाइँ गोवद्र्धन अधिकारी र आफन्त धनबहादुर बस्नेत पनि बस्दै आएका छन्। सरकारी जग्गा हडप्ने मनसायले टहरा नहटाउन सांसद सुवेदीले उनीहरुलाई उक्साएको स्थानिय बासिन्दाहरुको आरोप समेत लागाएका छन् ।
२०७५ साल कात्तिक १ गते तेस्रो सूचना प्रकाशित गरेर जग्गा छाड्न अनुरोध ग¥यो । कात्तिक ७ गते समितिले संघीय सांसद महेश्वर गहतराजको उपस्थितिमा आयोजना गरेको सर्वपक्षीय बैठकले बसपार्क निर्माणका लागि वातावरण सहज बनाउन राजनीतिक दल, स्थानीय सरकार, जनप्रतिनिधि, सुरक्षा निकाय, नगर विकास समितिलगायतले आफ्नो ठाउँबाट सहयोग गर्ने निर्णय थियो तर जग्गा खाली गराउन खोज्दा अहिले पनि अतिक्रमणकारीले सांसद सुवेदीको आडमा छाड्न अटेरी गरेको तत्कालिन नगर विकास समितिका अध्यक्ष अवराज खड्का बताएका थिए । ‘नगर विकास समितिले कानुनी प्रक्रियाअनुसार टहरा व्यवसायीसँग सम्झौता रद्द गरेर जग्गा खाली गर्न अनुरोध थियो ।,’ उहाँले विकासभन्दा पनि व्यक्तिगत लाभ लिन खोज्नुभयो।’ बसपार्कका टहरा व्यवसायीबाट प्रतिघरधुरी एक लाख रूपैयाँका दरले रकम संकलन गरेर सुवेदीलाई बुझाएको कुरा पनि सुनिएको अध्यक्ष खड्काले वताएका थिए ।

उक्त समाचारमा ,सांसद सुवेदीले भने टहरा व्यवसायीको अवस्था हेरेर आफूले संसद्को शून्य समयमा बोलेको बताउँदै थपिन्, ‘मैले उनीहरुलाई विकल्प दिनुपर्छ, दैनिक रुपमा व्यवसाय गरेर खाने व्यक्तिको माग पनि सम्बोधन गर्नुपर्छ मात्रै भनेकी हुँ।’ बसपार्क क्षेत्रका टहरामा आफ्ना आफन्तहरु बस्दै आएको उनले स्वीकार गरिन्। कोहलपुरका राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधिलगायत सबैले भवन तथा बसपार्क निर्माण भएको थियो तर सपिङ कम्पलेक्स बन्न सकेको थिएन ।
उक्त समाचारमा नेकपा एमालेका हालका नगर अध्यक्ष खिलप्रसाद भुसालले नगर विकास समितिको जग्गा खाली गराउनुपर्ने पक्षमा आफ्नो पार्टी स्पष्ट धारणा उल्लेख गरेका थिए । तर अहिले नेकपा एमालेका नगर अध्यक्ष खिल प्रसाद भुषालले उक्त टहरामा वसेका व्यापारी हटाउन हुन्न र उनिहरुको उचित व्यवस्थापन गरेर मात्र हटाउनु पर्ने भन्दै आएका छन् । भुषालको पटक पटक बोली फेर्नुको पछाडि राजनीति जोडिएको प्रष्ट देखिन्छ । नगरिक दैनिकमा २०७५ मंसिर ६ गते प्रकाशन भएको समाचार आउदा कोहलपुरमा नेपका एमालेका तर्फ वाट निर्वाचित मेयर लुट वहादुर
रावत र उक्त समयमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता र हालका नेकपा माओवादिका नगर अध्यक्ष अवराज खड्का नगर विकास समितिका अध्यक्ष थिए । त्यस समयमा भुषाल टहरा हटाउनु पर्छ भन्दै आएको समाचारमा देखिन्छ । तर अहिले नेपाली काँग्रेसका तर्फ वाट कोहलपुर मेयरमा विजय भएका कोहलपुर नगर प्रमुख पूर्ण आचार्य भएकाले उनले उचित व्यवस्थापन गर्नु पर्ने माग अगाडि सारेका हुन । उनि आचार्यसंग स्थानिय निर्वाचनमा पराजय भएका मेयरका उमेदवार समेत हुन । यसले पनि स्पष्ट देखिन्छ राजनीति गर्न खोजियको ।

१४ भाद्र २०७९ मा प्रकाशित
Nabintech