पुस्तकालयलाई प्रविधिमैत्री बनाऔं : मन्त्री अथक

१५ औं पुस्तकालय दिवसमा कविता प्रतियोगिता सम्पन्न


पिपलबाेट संवाददाता


युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नयाँ पुस्तामा पठनशैलीको विकास गर्न अपरिहार्य रहेको बताएका छन । १५ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले कोहलपुरले आयोजना  गरेको कार्यक्रममा बोल्दै मन्त्री अथकले उक्त कुरा बताएका हुन ।

पछिल्लो समय पुस्तकालयमा गएर पढ्ने संस्कृती हराउँदै गईरहेको प्रति दुःख ब्यक्त गर्दै मन्त्री अथकले पुस्तकालयलाई प्रविधिसँग जोडेर कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने तर्फ ध्यन केन्द्रित गर्नुपर्ने धारणा राखे । ‘पछिल्लो पुस्ता पुस्तक अध्ययनमा भन्दा बढि सामाजिक संजालमा रमाउन थालेका छन’ मन्त्री अथकले भने, ‘आजको युगसँग पुस्तकालयलाई कसरी जोड्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुपर्ने अवस्था आएको छ ।’ पुस्तकालयलाई जिवन र जगतका बारेमा अध्ययन गर्ने थलोका रुपमा समेत बुझ्न जरुरी रहेको उनले बताए ।

ज्ञानोदय सामुदायीक पुस्तकालयलाई थप ब्यवस्थित र सुदृढ गर्न आवश्यक रहेको जिकिर गर्दै मन्त्री अथकले थप भौतिक संरचना निर्माणकालागि स्रोत ब्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । उनले कोहलपुरमा पुस्तकालय स्थापनाकालागि विगतमा भएका प्रयासहरुको समेत प्रशंसा गरेका थिए ।


यस्तै कार्यक्रममा विशिष्ट अतिथि कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक इश्वरी वि.कले यो पुस्तकालयले कोहलपुरलाई पुस्तकालय दिवसको वारेमा चर्चा चलाउन भुमिका निर्वाह गरेकोमा पुस्तकालयलाई धन्यवाद समेत दिएका थिए । उनले अव पुस्तकालयहरु डिजिटल प्रविधिमा जानु पर्ने वताए । कोहलपुरको गहनाको रुपमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालयको विकासमा सवै जना लाग्नु पर्ने वताए ।

यस्तै कार्यक्रममा सामुदायिक पुस्तकालयका केन्द्रिय उपाध्यक्ष जयश्वर पौडेलले सामुदायिक पुस्तकालय भनेको ज्ञानको खानी भएकाले सवै जनाले पुस्तकालयको प्रयोग गर्नु पर्ने वताए । पुस्तकालयले विभिन्न क्षेत्रमा पनि काम गर्ने गरेको वताए । यस्तै कार्यक्रमा पूर्व जिल्ला शिक्षा अधिकारी जित वहादुर शाह , पुस्तकालयका पूर्व अध्यक्ष लिल वहादुर राना , सम्मानित व्यत्तित्व गोविन्द प्रसाद ढकाल , साहित्यकार सागर गैरे , हाम्रो पुर्णिमा प्रतिष्ठान कोहलपुरका अध्यक्ष कपिल न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्यका थिए ।

यस्तै कार्यक्रमा स्वर्गिय हरिप्रसाद पौडेल स्मृति समाज सेवा पुरस्कार वाट गोविन्द प्रसाद ढकाल सम्मानित भएका छन् । नियमित पाठकको तर्फवाट हरिवंश राना मगर सम्मानित भएका छन् । यस्तै पुस्तकालयले पूर्व कार्यसमितिलाई सम्मान तथा कदर पत्र मार्फत विदाई समेत गरेको थियो ।

‘ पढौं पढाऔं , निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं ’ भन्ने नाराका साथ बाँके जिल्ला माध्यामिक विद्यालय स्तरीय खुल्ला कविता प्रतियोगिता कार्यक्रम समेत गरिएको थियो ।उक्त कार्यक्रमको समन्वय हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले गरेको थियो । कार्यक्रमा बाँके जिल्लाका १६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगिता मा प्रथम त्रिभुवन माविकि छात्रा जयन्ती ढकाल ,द्धितिय गोरखा युनाइटेड पव्लिक स्कुलका छात्रा आयुष्मा चित्रकार , तृतिय बाल ज्योति माध्यामिक विद्यालयका छात्रा निकिता बोहोरा र सान्तवना गोरखा युनाइटेड पव्लिक स्कुलका छात्रा कृतिका सुवेदी भएका छन् । प्रतियोगितामा विजय हुने हरुलाई क्रमस १००००, ७०००, ५०००, २००० र प्रमाण पत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा सहभागि सवैजनालाई यातायात वाफत रु ५०० समेत प्रदान गरिएको थियो ।

यस्तै कविता प्रतियोगितामा निर्णायकमा हाम्रो पूर्णिमाका तर्फवाट वि.पि. अस्तु , नविन विलासी र सन्तोषी विष्ठले निर्णायकको भुमिका निर्वाह गरेका थिए । पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईको अध्यक्षमा भएको कार्यक्रममा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मणि प्रसाद गैरेले र कार्यक्रम संचालन सचिव
एकराज शर्माले गरेका थिए ।

 

१५ भाद्र २०७९ मा प्रकाशित
Nabintech