प्रदिप गिरीको १३औं दिनको पूण्यतिथीमा कांग्रेस बाँकेद्वारा श्रद्धाञ्जली

पिपलबाेट संवाददाता


नेपाली कांग्रेसका नेताहरुले निष्ठावान नेता प्रदिप गिरीको निधनले पार्टीलाई अपूरणीय क्षती पुगेको बताएका छन् ।
१३औं दिनको पूण्यतिथीमा नेपाली कांग्रेस बाँंकेले पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै नेताहरुले स्वर्गीय गिरी कांग्रेसको मात्र नभई सिंगो मुलककै एक निधि भएको बताए । समाजवादी चिन्तक गिरी
राजनीतिमा नयाँ पुस्ताका लागि प्रेरणा रहेको बताए । नेताहरुले गिरीले देखाएको बाटोमा पार्टीलाई हिंडाउन सके उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।
केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यता एवम् पार्टी सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथी वाल्मीकि, सभापति गौडेल, निवर्तमान जिल्ला सभापति किरण कोइराला, पूर्व सभापतिहरु सनत रेग्मी, कृष्णमान श्रेष्ठ, क्षेत्र नम्बर १ का सभापति पोषण केसी, महाधिवेशन प्रतिनिधि अजितकुमार शर्मा, तरुण दलका पूर्व महासचिव हुर्मत कुमार न्यौपानेले स्वर्गीय गिरीको व्यक्तित्वमाथि चर्चा गरेका थिए ।

गिरीलाई पदको लोभ नगर्ने त्यागी र सादगी नेताका रुपमा चित्रण गरिएको छ । उपसभापति गोपाल अधिकारीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको संचालन सचिव सुधांशु कोइरालाले गरेका थिए । घाँटीको क्यान्सरबाट पीडित
गिरीको भदौ ४ गते उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको थियो । उनी समाजवादी चिन्तक र त्यागी नेताको रुपमा परिचित थिए । प्रतिनिधिसभा सदस्य रहेका गिरी
सिराहा बस्तीपुरमा जन्मिएका थिए ।

१६ भाद्र २०७९ मा प्रकाशित
Nabintech