गठबन्धनः कांग्रेस बाँकेलाई स्व. सुशील कोइरालाको गृह क्षेत्र गुमाउने डर

पिपलबाेट संवाददाता


संघीय र प्रदेशको निर्वाचनका लागि सत्ता गठबन्धन दलहरुबीच उम्मेदवारी टुँगो लगाउन छलफल
भइरहँदा बाँकेको निर्वाचन क्षेत्र न.२ कुन पार्टीको भागमा पर्ने बहस सुरु भएको छ । उक्त निर्वाचन क्षेत्र पुर्ब प्रधान मन्त्री तथा कांग्रेस सभापति स्व. सुशील कोइरालाको गृह जिल्ला हो । कांग्रेसका जिल्ला नेताहरुले पुर्ब सभापति स्व.कोइरालाको निर्वाचन क्षेत्रमा कांग्रेसबाहेक अन्य गठबन्धन दललाई उम्मेदवारी दिंदा अन्याय हुने तर्क गरिरहेका छन् । तर, सत्ता गठबन्धन जनता समाजबाटी पार्टीका नेता तथा भौतिक पुर्बाधार तथा यातायात मन्त्री बनेका मोहम्मद इस्तियाक राईले भने चुनावी प्रचारप्रसार सुरु गरिसकेका छन् ।उनी सिट भागबन्डा गर्न बनेको गठबन्धन दलहरुको कार्य दलले बाँकेको निर्वाचन क्षेत्र न. २ जसपाको भागमा पर्ने ढुक्क छन् । कांग्रेसका नेताहरु पनि उक्त निर्वाचन क्षेत्र जसपाकै भागमा पर्न सक्ने भन्दै सशंकित छन् । मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनलाई लक्षित गर्दै मन्त्री राईले विभिन्न विकासका योजनाहरुको उदघाटनका गर्नुका साथै सभामा सहभागि भइरहेका छन् । निर्वाचनकै मुखमा मन्त्री राईले नेपालगन्जको जमुनाहा—राँझा सडकको स्तरउन्नतीका लागि ४२ करोड बिनियोजन गरेको भन्दै शिलान्यास
गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न चोकहरुमा अकासे पुल र राप्ती नदीको सिधनीया घाटमा नयाँ पुल निमार्णको शिलान्यास गरेका छन् ।त्यस्तै, डुडुवा गाउ“पालिकामा कलर्भट सडक निमार्णका लागि विभिन्न योजनाको उदघाटन गरेका छन् ।

बाँकेमा मन्त्री  राईको पछिल्लो सक्रियतालाई कांग्रेस लगायतका दलका नेताहरुले चुनावी लक्षित कार्यक्रमको संज्ञा दिएका छन् ।नेपाली कांग्रेसका नेता तथा नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख उमा थापा मगरले कांग्रेसका पुर्ब सभापति स्व. सुशील कोइरालाको गृह निर्वाचन क्षेत्र अन्य गठबन्धन दललाई दिनु अन्याय हुने बताउँछिन । ‘त्यसैले यो निर्वाचन क्षेत्रमा कांग्रेसबाहेक अन्य दललाई भाग दिनु स्व. कोइरालाप्रति नै अन्याय हो,’ उनले भनिन् । स्व.कोइराला २०५६ र २०७० को निर्वाचनमा निर्वाचित भएका थिए ।

त्यस्तै, मन्त्री राई २०६४ र २०७४ को निर्वाचनमा स्व.कोइरालाको गृह जिल्लाबाट विजयी भएका थिए । २०७४ को निर्वाचनमा कांग्रेस र राप्रपाको गठबन्धनबाट ओमप्रकाश आजादले उम्मेदवारी पाएका थिए भने एमालेले पशुपतिदयाल मिश्रालाई उम्मेदवार बनाएको थियो ।कांग्रेस बाँकेका सभापति नारायण गौडेलले स्व. कोइरालाको गृह जिल्लामा आफ्नो दलले उम्मेदवार पाउनु पर्ने दाबी गर्छन । उनले त्यसका लागि केन्द्रीय नेताहरुलाई सुझाव दिएको जनाए । ‘हाम्रो दाब िक्षेत्र न.२ प्रमुख हो । अन्य निर्वाचन क्षेत्रमा पनि दाबी छ,’ उनले भने,‘तर सत्ता गठबन्धन छ । केन्द्रले के निर्णय गर्छ त्यो हामीले स्वीकार गर्नेपर्छ ।सत्ता गठबन्धनका नेताहरुका अनुसार बाँकेको निर्वाचन क्षेत्र १ नेकपा (माओबादी), क्षेत्र न. १ जसपा र क्षेत्र न. ३ कांग्रेसमो भागमा पर्नसक्ने सम्भावना छ ।

स्थानीय निर्वाचनमा क्षेत्र न.२ मा पर्ने नेपालगन्ज उपमहानगरपालिकामा कांग्रेसले प्रमुख र जसपाले उपप्रमुख भागबण्डा गरी निर्वाचनमा विजयी भएका छन् । जसपा बाँकेका अध्यक्ष कमरुद्दिन राईले निर्वाचन क्षे. २ मा कांग्रेस आफ्नो पार्टीको दाबी रहे पनि केन्द्रले गर्ने निर्णय जिल्लामा मान्नु पर्ने सहमति भएको बताउँछन् । ‘कांग्रेसको आफ्नो दाबी छ हाम्रो पनि छ“दै छ,’ उनले भने,‘केन्द्रले जे निर्णय गरेर पठाउँछ त्यो हामी सहजै स्वीकार छौ“ ।’यस्तै प्रेदेश सभा निर्वाचनको लागी बाँके क्षेत्र नं.२ बाट तिन जनाको मात्र नाम सिफारिस गरेको छन् । जसमा क्षेत्रिय सभापति रमेश गुप्ता , जिल्ला सचिव शुधाङसु कोईराला र डुडुवा गाँउ पालिका सभापति विजय यादवको नाम सिफारिस गरेका छन् । सिफारिसको लागी अन्य केहि नेताहरुको निवेदन दिएतापनि प्रदेश २ क का सभापतिले आफ्नो मनोमानि तरिकाले नाम सिफारिस गरेको भन्ने बुझिएको छ ।

१६ भाद्र २०७९ मा प्रकाशित
Nabintech