बाँके–२ बाट कोइराला ,शाह र हमाल ३ जना सिफारिस

पिपलबाेट संवाददाता


नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाँकेले जिल्ला कार्यसमितिमा नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ १३ जनाको नाम सिफारिस गरिएको हो । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनौट गर्न क्षेत्रले आज नाम सिफारिस गरेको हो ।

पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले चुनाव लड्दै आएको क्षेत्र नम्बर २ मा उनकै भाई बुहारी नेपाली कांग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइराला, क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव सुनिलसिंह हमाल र लामो समय देखि बाँके जिल्ला तरुण दलका अध्यक्ष तथा उप महानगरपलिका वडा नं. १३का पूर्व अध्यक्ष समेत रहेका  युवा नेता विरेन्द्र बहादुर शाहको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति रमेशकुमार गुप्ताले बताए ।

समानुपातिकतर्फ केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, पूर्व मन्त्री एवम् पार्टी सभापति गजेन्द्र हमाल, संविधानसभा सदस्य अब्दुल हमिद सिद्धिकी (भोला) लगायतको नाम सिफारिस गरिएको उनले बताए ।

१७ भाद्र २०७९ मा प्रकाशित
Nabintech