हार्डवेयर व्यवसायी संघद्धारा रक्तदान कार्यक्रम सम्पन्न

पिपलबाेट संवाददाता


“ सम्बृद्ध्री र विकासमा हामे सहभागिता व्षवसायिक एकता हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ कोहलपुर हार्डवेयर व्यवसायी संघ बाँकेले कोहलपुरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि कोहलपुर ईलाका प्रहरी कार्यालयका प्रमुख ऐन वहादुर मल्लले रक्तदान भनेको जिवनदान भन्ने बुझनु पर्ने वताए । हामीले दिएको रगतका कारण कुनै एक व्यक्तिको ज्यान बच्चे भएकाले यस्तो कार्यलाई आफुले महान कार्यको रुपमा लिने गरेको वताए ।यस्तै कार्यक्रमा विशिष्ट अतिथि कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष ंलक्ष्मणराज पौडेलले यो एउटा पुण्र्य कार्य भएको वताए । कार्यक्रममा कोहलपुर जुत्ता ब्यवसायी संघका अध्यक्ष बलराम देवकोटा समेतले रहेका थिए । कार्यक्रमा ५५ जनाले ब्लड दान गरेका थिए । कार्यक्रमको सभापतित्व कोहलपुर हार्डवेयर व्यवसायी संघका अध्यक्ष कुमार उप्रेतीले गरेका थिए । भने कार्यक्रम संचालन संघका महासचिव लोक वहादुर बुढा क्षेत्रीले गरेका थिए ।

१८ भाद्र २०७९ मा प्रकाशित
Nabintech