प्रजातान्त्रिक विचार समाज बाँकेको अध्यक्षमा पुनः डा. सुवेदी

पिपलबाेट संवाददाता


नेपालमा संघियता लागू भएपनि कार्यान्वन गर्न चुनौती रहेको एक कार्यक्रमका सहभागीले जोड दिएका छन । प्रजातान्त्रिक विचार समाज बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताले संघियताको आवश्यकता रहेपनि यसलाई असफल बनाउने प्रयास भइरहेको बताए । संघियताले देशको समृद्धि र विकासमा टेवा पुर्याउने बक्ताहरुको जोड छ । संघियताले धेरै अवसर सिर्जना पनि गरेको उनीहरुले बताए ।


समाजका अध्यक्ष डा. राजकुमार सुवेदीको सभापतित्वमा आयोजित कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष एवं समाजका सदस्य शुक्रऋषि चौलागाईंले संघियताको प्रयोग, असर र चुनौतीका विषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिस्ठानका पुर्ब सदस्य सचिव सनत रेग्मी, रहेका थिए । कार्यक्रम संचालन समाजका अधिवक्ता चित्रबहादुर शाहीले गरेका थिए । प्रजातान्त्रिक विचार समाज बाँकेको अध्यक्षमा पुनः डा. राजकुमार सुवेदी निर्वाचित भएका छन् । प्रजातान्त्रिक विचार समाजको शनिबार नेपालगन्जमा भएको साधारणसभा तथा जिल्ला अधिवेशनले डा. सुवेदीको अध्यक्षतामा तीन वर्षीय कार्यकालका लागि जिल्ला नेतृत्व निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा दोर्णबहादुर ओली, सचिवमा चित्रबहादुर शाही, सहसचिवमा प्रियास्मृति ढकाल र कोषाध्यक्षमा यशोदा उपाध्याय निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा शुक्रऋषि चौलागाई, मधु पौडेल, ऋषि शर्मा, राम एकपाल मण्डल, अस्मिता शाह, मोहनजंग शाह, अर्बिन्द्रदत्त मिश्र, डा. राजेश केशर खनाल, अयूब सिद्दिकी र टेकेन्द्र
महतरा रहेका छन् ।

१८ भाद्र २०७९ मा प्रकाशित
Nabintech