नेपालगन्जमा १०० प्रतिशत विकास गर्दा कोहपुरमा ३३प्रतिशत विकास हुन्छ ः मन्त्री राई

पिपलबाेट संवाददाता


नेपालगन्ज उपमहानगरपालिकामा गरेको जति विकास कोहलपुरमा गर्न नसकेपनि ३३ प्रतिशत विकास गर्ने नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले वताए । कोहलपुर नगरपालिकाले आयोजना गरेको मन्त्री संग जनप्रतिनिधी भेटघाट कार्यक्रमा यस्तो कुरा वताएका हुन् । मन्त्री राईले आफु सहरी विकास मन्त्री हुँदा पनि कोहलपुर नगरपालिकालाई बाटो बाटै आफुले सहयोग गरेको वताए । कोहलपुरले एउटा हाई माक्स लाईट माग्दा आफुले १३ वटा हाईमाक्स लाई कोहलपुरलाई उपलव्ध गराएको समेत वताए । आफुले स्वास्थ्य क्षेत्रमा नेपालगन्जका जति कोहलपुरमा केहि गर्न नसकेको वताए । जमुनाह देखि राझाँ सम्मको वाटोको अस्फाल कङक्रिट स्तरउन्नती
गरे जस्तै राझाँ कोहलपुर सम्म पनि अवको तिन महिना भित्र बाटो स्तर उन्नतीको लागी टेण्डर खोल्ने जानकारी समेत गराएका थिए । आफु वजेट पश्चात मन्त्री भएकाले पनि भनेका ठाँउमा वजेट विनियोजन गर्न नसकेको वताए । मन्त्री राईले कोहलपुरमा आफुनो पाटिको मेयर नभएकाले विकासमा सहयोग हुन्नकी भन्ने कुनै संका नगर्न आग्रह गरे आफु नेपाल
सरकारको मन्त्री भएकाकाले मन्त्री हुदाँ सम्म आफु साझा मन्त्री भएको वताए ।आफुलाई नेपालगन्जमा मात्र विकास गरेको भन्ने आरोप लागेतापनि यसलाई आफुले प्रष्ट पार्न चाहान्छु उनले भने नेपालगन्जमा स्टेट लाईट त्यो कोहलपुरमा पनि हुन्छ नेपालगन्जमा ओभर हेडब्रिज त्यो कोहलपुरमा पनिहुने वताए ।कोहलपुर नगरपालिकाका नगरप्रमुख ,उपप्रमुख र वडा अध्यक्षहरुले सडक बोडको वजेट माग्नु भएको छ । आफुले केहि दिनमै कोहलपुर बासी खुसीहुने गरेर सम्बोधन गर्न प्रतिवद्धता व्यक्त गरेका थिए । मन्त्री राईले कोहलपुर नगरपालिकाले अहिले मेयर र उपमेयर दुवै जना युवा हुनुहुन्छ त्यस कारण पनि कोहलपुरको विकास हुने आफुले विश्वास लिएको वताए । कार्यक्रमा बोल्लने क्रममा कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले कोहलपुर र नेपालगन्ज जोडिने चर्चा समेत चलेको र पछि कुनै समयमा क्षेत्र समेत समेत हेरफेर हुन सक्ने भएकाले समान तरिकाले विकास गर्नु पर्ने वताए । मन्त्री राईले भने नेपालगन्ज महेन्द्र क्याम्पसको भवन मर्मत र नयाँ निर्माणको लागी आफुले केहि वजेट खोजी गदै आएको वताए । आफुले महेन्द्र क्याम्पसको आफुले स्थलगत निरिक्षण गर्दा त्यहा विद्याथीहरु पठन पाठन गर्ने ठाँउमा माथिबाट ईटा खस्ने सम्भावना देखिएको र आफुले ति कक्षा कोठामा पठन पाठन बन्द गर्न समेत भनेको वताए आफुले शिक्षा मन्त्रालयमा समेत कुरा गरेको र मन्त्रालयले ३ करोड वजेट हाल्ने भन्नु भएको थियो तर आफुले कम्तीमा १० करोड वजेट माग गरेको वताए ।

१९ भाद्र २०७९ मा प्रकाशित
Nabintech