नेकपा एमालेका बाँकेका तिन वटै क्षेत्रका उमेदवारको नाम सिफरिस

पिपलबाेट संवाददाता


एमाले बाँकेका तीन वटै क्षेत्रीय कमिटीले प्रतिनिधि सभा निर्वाचनका लागि नाम सिफारिस गरेका छन् । एमाले बाँके क्षेत्र नं. १ का सचिव सूर्य रोकायका अनुसार, एमाले क्षेत्र नं. १ ले सूर्य ढकाल, देवराज भार, पुजन विश्वकर्मा र बलराम भट्टराईको नाम सिफारिस गरि जिल्ला कमिटीलाई पठाएको छ ।समानुपातिक तर्फ भारती खनाल, भगवती बराल र दुर्गाप्रसाद पाण्डेको नाम सिफारिस गरेको उनले बताए । पाण्डे गत स्थानीय निर्वाचनमा जनता समाजबादी पार्टीको तर्फबाट राप्तीसोनारी गाउँपालिका वडा नं. ७ को वडा अध्यक्षका उम्मेदवार थिए ।
यसैगरी, बाँके क्षेत्र नं. २ ले मोहम्मद हारुन हल्वाई, शिव डोटेल, रविन्द्र लम्साल, रचना श्रेष्ठ, पार्वती बोहरा, अक्रम अन्सारी लगायतको नाम सिफारिस गरेको उपाध्यक्ष डिल्ली विसीले बताए ।एमाले क्षेत्र नं. ३ कमिटीले प्रतिनिधि सभा निर्वाचनका लागि किस्मतकुमार कक्षपति, रत्न खत्री र कृष्णा सार्कीको नाम सिफारिस गरेको छ । समानुपातिकका लागि जिल्ला कमिटीले नाम टुंग्याउने भएकोले यस विषयमा छलफल नभएको एमाले बाँके संगठन विभाग प्रमुख भीम ओलीले जानकारी दिए । एमालेले गत स्थानीय तह निर्वाचनमा उम्मेदवार भएकालाई प्रतिनिधि र प्रदेश सभा निर्वाचनको उम्मेदवार नबनाउने निर्णय गरेको छ ।
एमालेले बाँकेका क्षेत्रीय कमिटीले प्रदेस सभा निर्वाचनका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरेका छन् । एमाले बाँके प्रचार विभाग प्रमुख सतिश निरौलाका अनुसार प्रदेस सभा १ ‘क’ बाट रामकुमार दिक्षित, सोहनलाल यादव, विक्रम यादव, तिर्थ डाँगी र खुमा डाँगीको नाम सिफारिस भएको छ । त्यसैगरी, प्रदेस सभा १ ‘ख’ बाट प्रत्यक्षतर्फ दुर्गाप्रसाद थारु, नरेन्द्र शर्मा, सुर्य रोकाय, कुश्माखर बस्याल, अनिता पौडेल, बिजुला अधिकारी र विष्णु बेलवासेको नाम सिफारिस भएको छ । भने, समानुपातिक तर्फ आरती पौडेल (महिला), निर्मला सुनार (दलित), होमप्रकाश सुवेदी, दयाराम अधिकारी (अपांग), शान्ति सुनार (दलित) दयाराम लोहर (दलित) र गोपाल गिरीको नाम सिफारिस गरिएको नेकपा एमाले बाँके निर्वाचन क्षेत्र नं. १ ख कमिटीले जनाएको छ ।
यसैगरी, प्रदेस सभा २ ‘क’ बाट विजयबहादुर यादव, राजेन्द्र कँडेल र विष्णु गौतमको नाम सिफारिस भएको प्रचार विभाग प्रमुख निरौलाले जानकारी दिए । प्रदेस सभा २ ‘ख’ बाट निरक गुरुङ, हलिम शाह, दत्तप्रसाद आचार्य, अब्दुल हकिम, कृष्णप्रसाद श्रेष्ठ, कैलाश यादव, मनोज बर्मा र मिना सुवेदी ढकालको नाम सिफारिस भएको छ ।उनले प्रदेश सभा ३ ‘क’ बाट मानबहादुर रुचाल, चन्द्रबहादुर
चौधरी, करिम खाँ, इन्द्र थापा, प्रेम सुवेदी, विश्वकान्त गौतम र पुनितविक्रम शाहको नाम क्षेत्रीय कमिटीले सिफारिस गरेको बताए । प्रदेस सभा ३ ‘ख’ बाट पदमबहादुर धिताल, डिल्ली विसी, भीम ओली र मिरा खनालको नाम सिफारिस भएको निरौलाले जानकारी दिए ।२०७४ सालको प्रदेश सभा निर्वाचनमा प्रदेस सभा २ ‘ख’ बाट एमालेकी आरती पौडेल र प्रदेश ३ ‘ख’ बाट बाबुराम गौतम निर्वाचित भएका थिए ।

१९ भाद्र २०७९ मा प्रकाशित
Nabintech