जिवन उपयोगी सीप शिक्षा आजको आवश्यकता ः सुवेदी

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिका वडा न २ मा रहेको शिब शक्ति आधारभुत बिद्यालयमा जिबन उपयोगी सिप शिक्षा कार्यक्रम शुरु भएको छ । बिद्यालय स्तरिय बाल क्लबमा जिबन उपयोगी सिप शिक्षा कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले कुनै पनि बालबालिका भित्र भएको अन्तर्निहीत क्षमतालाई बाहिर ल्याउनु र कुनै पनि क्षेत्रमा बिशिष्टता हासिल गराउने शिक्षा नै भएको बताईन् । बिद्यालय स्तर बाटै जीबन उपयोगी सिप तथा शिक्षाको सुनिश्चिता गरिएमा बालबालिका आफैमा आत्मनिर्भर हुने र पछि गएर स्वरोजगार बन्नमा मदत पुग्ने समेत बताईन् । बालबालिकालाई पौरखी नागरिक बन्ने अभ्यास गर्ने थलोको रुपमा बिकास गर्न आबश्यक रहेको बताईन् ।
कोहलपुर नगरपालिकाको पहिलोे प्राथमिकता शिक्षा भएकोले नगरको शैक्षिक क्षेत्रको सुधार तथा बिकासका लागि कोहलपुर नगरपालिका सधै अग्रसर हुने प्रतिबद्धता ब्यक्त गरिन् ।

सबै बिद्यार्थी पढाईमा अब्बल नहुने भएकाले बिभिन्न उमेर समुहका बिद्यार्थीहरुलाई बिभाजन गरेर बिभिन्न किसिमका सिपमुलक कार्यक्रमहरु बिद्यालय स्तर बाट सन्चालन गर्ने बिद्यालयका प्रध्यानाध्यापक बद्री सापकोटाले बताए । बिद्यालयमा अध्यनतर किशोर किशोरीहरुलाई फुल फेस्टिबलमा सहभागि बनाएर उनीहरुलाई बिभिन्न प्रकारका खानाहरु बनाउन सिकाउने लगायतका कार्यक्रमहरु आधारभुत स्तरमै सन्चालन गर्ने योजना रहेको सापकोटाले बताए । बिद्यालयमा हप्ताको दुई दिन हाउस वाइरिड., मोवाईल रिपेरिड. लगायतका सिप तथा शिक्षा दिन सकीएमा बाल बालिकाहरुलाई सहज हुने बताए । बालबालिकाहरुलाई कृषि , जडीबुटी लगायतका बारेमा समेत आधारभुत तह बाटै ज्ञान दिन आबश्यक रहेको सापकोटाले बताए ।
कोहलपुर नगरपालिका वडा न २ का वडा अध्यक्ष हरि सिंह कठायतले बिद्यालय स्तर बाटै बाल बालिकाहरुलाई शिक्षा सगै सिपमुलक क्रीयाकलापहरुमा सहभागि गराउनुपर्नेमा जोड दिनुभयो । साथै बिद्यालयमा एउटा किचन बनाउनका लागि वडा बाट सहयोग गर्ने बताए । र यस्ले बिद्यालयलाई फुड फेस्टिबल सन्चालन गर्नमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा बोल्दै रिम टु रिडका फील्ड संयोजक खड्क बहादुर कुवरले बिद्यालय स्तरिय बाल क्लवमा आबद्ध बालबालिकाहरुलाई जिबन उपयोगी सिप लगायतका बारेमा सिकाउने र उनीहरुलाई किशोरावस्थामा आउने बिभिन्न शारीरिक , मानसिक , बौद्धिक र सामाजिक परिवर्तनहरुका बारेमा उनीहरुलाई जानकारी दिने लगायतका कार्यहरु गदै आएको बताए ।
सामाजिक बिकास संयोजक इश्वरि प्रशाद बिश्वकर्माले अहीले देशमा प्रमाणपत्रको अंकलाई बढि जोड दिनेखालको शिक्षण सिकाईका कारणले शिक्षा अंक केन्द्रित भएको र यसको सुधारका लागि सिप सगै शिक्षामा समेत जोड दिनुपर्ने बताए ।
कोहलपुर नगरपालिका वडा न २ को आर्थिक सहयोग तथा दिब्य शान्ति बाल क्लब लक्ष्मी माबिको प्राबिधिक सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रममा बिद्यालयका शिक्षक , शिक्षिका , बाल क्लवका बालबालिका लगायतको सहभागिता रहेको थियो ।

२६ भाद्र २०७९ मा प्रकाशित
Nabintech