प्रहरीको उदासिन्ताका कारण कोहलपुरमा चारीका घटना तिव्र रुपमा लिदै

पिपलबाेट संवाददाता


नेपालीहरुको महान चाड दसैको मुखमा कोहलपुर नगरपालिका क्षेत्रमा चोरीका घटना बढदै जान थालेको छ । शुक्रबार राती कोहलपुर नेपालगन्ज सडक खण्ड अन्तर गत कोहलपुर पिपल चौतारा नजिकमा रहेको उनका अनुसार भखरै कोहलपुर नगरपालिकाको ११ मा जुन मेन बजार रहेको नभ प्रभात घडी तथा मोवाइल पसलमा चोरी भयो । ‘असोज ५ गते कोहलपुर नगरपालिका वडा नं. ८ मा विरेन्द्र शाहीको घरमा १० तोेला सुन सहित २ लाख ५० हजार रुपैया लुटपाट भयो ।’ ‘फेरी हिजो मात्रै कोहलपुर नगरपालिका २ का २ घरमा १० हजार नगद सहित मोवाइल समेत चोरी भयो ।’ उनले भने । यि त प्रतिनिधि मुलक घटना मात्र हुन् । कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेलले कोहलपुरमा पछिल्लो समयमा घटेका घटनाहरुले गर्दा सवै व्यापारीहरु असुरक्षित भएको महसुस गर्ने अवस्था आएको वताए । यस्तै नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य चक्र वहादुर अधिकारीले कोहलपुरमा पछिल्लो समयमा घटेका घटनाहरु र नेपाल राष्ट्र वैंकको निर्णय प्रति व्यापारीहरु लाई चिन्तीत भएको वताए । कोहलपुरमा रहेको ईलाका प्रहरी कार्यालयका प्रमुख ऐन वहादुर मल्लले ‘अहिले कोहलपुरमा रहेका प्रहरीहरु दैनिक ४ घण्टा मात्र सुत्ने
गरी प्रत्येक प्रहरीले डिउटी गरिरहेको छ’ उनले भने, ‘प्रहरीले दैनिक कति काम गरिरहेको भनेर कार्यालयमा आएर हेर्नुहोला बाहिरबाट भनेर केही हुँदैन ।’ अहिले चोरीका घटनाहरु घटिरहेको बेलामा त्यसलाई न्यूनिकरण गर्नका लागि सबैको सहयोगको आवश्यक परेको प्रहरी प्रमुख डिएसपी मल्ले बताए ।कोहलपुरमा प्रहरीको संख्या पनि केहि कमी रहेको र कोहलपुर ईलाका प्रहरीको क्षेत्र पनि बढि भएकाले केहि समस्या आएतापनि आफुहरु रातदिन सुरक्षाको लागी खटिएको वताए । तर कोहलपुरमा काम भन्दा प्रचार बढिभएको ईलाका प्रहरीको कार्य प्रति आम कोहलपुर बासीले प्रश्न उठाउन थालेका छन् । ईलाका प्रहरी कार्यालयकोहलपुरका डिएसपी ऐन वहादुर मल्लले दसैका बेला चोरीका घटना नहोस भन्नका लागि प्रहरी गस्ति तिब्र पारिएको जानकारी दिएकाछन् ।चार्डबाडका बेला चोरीका घटना बढ्ने गरेको स्थानीयको भनाइ रहेको छ । कोहलपुरमा यस वर्ष नै विभिन्न किसिमका अपराधिक घटनाहरु वढेका पनि छन् । दाई भाउजु मार्फत भाई र बुहारीको हत्या यस्तै विमाको नामका विमितको हत्या जस्ता ठुला खालका घटनाहरु घटेका छन् । हतियार सहित लुटपाट गर्ने समुहको पहिचान गर्न नसकेको ईलाका प्रहरी कार्यालयले कोहलपुरको सुरक्षामा जनतालाई
सुरक्षित गर्न सक्नेमा जनता विश्वस्त हुन नसकेको कोहलपुरका स्थानिय एक व्यापारीले वताउछन् । सामान्य रुपमा बुझ्दा घुमुवा सादा पोशाकका प्रहरी हुन् । उनीहरुलाई गोप्य सूचना संकलन गरेर अपराध नियन्त्रण गर्ने उद्देश्यले राखिएको हो ।
तर, पछिल्ला वर्षहरुमा उनीहरु जिम्मेवारी छाडेर महिनावारी असुलीमा सक्रिय छन् । इञ्चार्जसमक्ष पैसा पु¥याउने विश्वासिलो माध्यम बनेका छन्, उनीहरु । सीमा नाकाबाट हुने चोरी, तस्करीमा उनीहरु जोडिँदै आएका छन् । घमुवा प्रहरी भनेर छुट्टै दरबन्दी हुँदैन । प्रहरी कार्यालयहरुको नेतृत्व गरेका अधिकारीहरुले आफू निकटका घुमुवा राखेर अनुकुलता अनुसार प्रयोग गर्दा उनीहरु बदनाम छन् ।

८ आश्विन २०७९ मा प्रकाशित
Nabintech