राजनीति फाईदाको लागी नभएर सेवाको लागी गर्नु पर्छ : सह–महामन्त्री किशोरसिंह राठौंर

पिपलबाेट संवाददाता


नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौंरले आफुले पार्टिका कार्यकत्तालाई गाली गदैन भनेर आफुले नभनेको आफुले पाटिको जिम्मेवारी पदमा बस्ने र पर्टिको जिम्मेवारीका साथ काम नगर्ने मानिसलाई आफुले गाली गर्ने गरेको वताए ।पटिमा साथीहरु जहिले पनि नकारात्मक कुरा गर्ने नराम्रा काम गर्नेहरुलाई आफुले गाली गर्ने गरेको वताए उनले भने राम्रो काम गर्ने राम्रो सोचका साथ अगाडि बढ्ने पार्टिको चिन्ता गर्नेहरुलाई आफुले माया गर्ने र सहयोग पनि गर्ने वताए । उनले थप भने अहिले सम्म पार्टिमा आफलाई यो समस्या आयो यहा गाह्रो भयो यो कसरी समाधान गर्न सकिन्छ भनेर सहयोग माग्न कोहि पनि नआउने वताए । नेपाली काँग्रेसको राजनीतिमा पाउनको लागी लाग्ने हैन नेता कार्यकत्ताले यो बुझ्न जरुरि रहेको वताए । राजनीति गर्ने मान्छेले पार्टिलाई केहि दिनको लागी राजनीति गर्नुपर्ने वताए । साथीहरु सवैले वि.पि. गणेशमान का जती दिन नसकेपनि आफुले दिनसक्ने र आफुनो दक्षता अनुसार पाटि,जनता, देशलाई दिनु पर्ने हुन्छ ।
राजनीति गर्ने मानिसहरुले सबैले पद पाउने भन्ने कुरा कहा हुन्छ सवैले के कुरा बुझन जरुरि छ भने सवै क्रियासिल सदस्य वडा सदस्य हुनु पदैन् सवै वडा सदस्य वडा अध्यक्ष हुदैनन् सवै वडा अध्यक्ष पालिका प्रमुख हुदैन ,सवै पालिका प्रमुख मान्य हुदैनन् ,सवै मान्य मन्त्री हुदैन् सवै मन्त्री प्रधानमन्त्री हुन सक्दैन् त्यसै कारण राजनीती गर्नेहरुले यो कुरा बुझेर राजनीति गर्न जरुरी छ । नेपाली काँग्रेसमा क्रियासिल सदस्य नपाएमा पाटि छाड्ने ,पाटि अधिवेशनमा कुनै पद नपाएमा पार्टि छाड्दिन्छु भन्ने स्थानि निर्वाचनमा टिकट नपाएमा पाटि छाड्दिन्छु भन्ने त्यस्तो होईन त्यसलाई राजनीति भन्दैनन् त्यसलाई अवसरवाद , दलाली भनिन्छ राजनीति दलाली गर्नको लागी गरिदैन् राजनीति भनेको सामाजिक सेवा तथा जनताको सेवा गर्नको लागी जसलाई आन्तद आउछ त्यस्ताले मात्र राजनीति गर्नु पर्छ अन्यथा गर्नेहरुले व्यापार व्यवसाय ,एनजियो खोलेर काम गर्ने डलर कमाउने तिर लाग्नु पर्ने वताए । उनले भने गठबन्धन दलबीच सिटको बाँडफाँटमा ८० प्रतिशत सहमति भइसकेको बताएका छन् । ‘बर्दिया लगायत केही जिल्लामा एउटा क्षेत्र माओवादीले लिने, एउटा क्षेत्र हामीले लिने भनेको जस्तो यस्तो केही जिल्लामा कसरी तालमेल गर्ने भन्ने विषयमा अझै टुंगो भएको अवस्था छैन, होईन भने अरु सबै कुरा टुंगिसकेको अवस्था छ,’ उनले भने । मेरो ६० वर्षदेखी नेपालगन्जमा घर छ, तर बर्दियामा जिरोबाट आफ्नो राजनीति सुरु गरे, संगठन पनि सुरु गरेको हो,’ उनले भने ‘मैले बर्दिया क्षेत्र नम्बर २ छाड्नुपर्यो भने बाँके क्षेत्र नम्बर ३ मा आउने सोच बनाइरहेको परिस्थिती हो, तर अहिलेसम्म टुंगो गरेको परिस्थिती होइन ।’

९ आश्विन २०७९ मा प्रकाशित
Nabintech