यी हुन् कांग्रेसबाट उमेदवारी दिएका ९१ नेताहरू (सूचीसहित)

पिपलबाेट संवाददाता


प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसबाट ९१ नेतालाई टिकट वितरण गरेको छ । आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ मध्ये ९१ निर्वाचन क्षेत्रमा टिकट बाँडिएको हो ।

कांग्रेसबाट टिकट लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने नेताहरूमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला, रामचन्द्र पौडेल, उपसभापति तथा दुवै महामन्त्री छन् ।

कांग्रेसबाट प्रदेश नम्बर १ मा १९ सिटमा उमेदवारी परेको छ । यस्तै, मधेस प्रदेशमा १६, वाग्मती प्रदेशमा १८, गण्डकी प्रदेशमा ११, लुम्बिनी प्रदेशमा १४, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा ९ क्षेत्रमा कांग्रेसका तर्फबाट उमेदवारी परेको छ ।

हेर्नुहोस् सूची:

प्रदेश १
मोरङ–६ : शेखर कोइराला
झापा–१ : विश्वप्रकाश शर्मा
पाँचथर : भीष्मराज आङदेम्बे
सुनसरी–३ : विजयकुमार गच्छदार
झापा–३ : कृष्णप्रसाद सिटौला
सोलुखुम्बु : बलबहादुर केसी
सुनसरी–४ : ज्ञानेन्द्रबहादुर कार्की
उदयपुर–१ : डा. नारायण खड्का
मोरङ–२ : सुजाता कोइराला
धनकुटा : सुनिल थापा
तेह्रथुम : सीता गुरुङ
ओखलढुंगा : रामहरि खतिवडा
संखुवासभा : दीपक खड्का
इलाम–२ : डम्बर खड्का
झापा–४ : देउकुमार थेबे
झापा– ५ : खगेन्द्र अधिकारी
मोरङ–१ : डिगबहादुर लिम्बु
मोरङ–३ : सुनिल शर्मा
सुनसरी–२ : सीताराम मेहत्ता

मधेस प्रदेश
धनुषा–४ : महेन्द्र यादव
बारा–१ : उमाकान्त चौधरी
सिराह २ : चित्रालेखा यादव
सप्तरी–४ : तेजुलाल चौधरी
सप्तरी–१ : रामदेव साह
सप्तरी–३ : दिनेशकुमार यादव
सिरहा– १ : पद्मनारायण चौधरी
सिरहा–२ : चित्रलेखा यादव
धनुषा–२ : रामकृष्ण यादव
महोत्तरी–४ : महेन्द्रकुमार राय यादव
सर्लाही–४ : नागेन्द्रकुमार राय
रौतहट–२ : रित्तोद आलम
रौतहट–४ : देवप्रसाद तिमिल्सिना
पर्सा–२ : अजयकुमार चौरासिया
पर्सा–३ : सुरेन्द्रप्रसाद चौधरी
पर्सा–४ : रमेश रिजाल

वाग्मती प्रदेश
काठमाडौं–४ : गगन थापा
मकवानपुर–१ : महालक्ष्मी उपाध्याय ‘डिना’
काठमाडौं–१ : प्रकाशमान सिंह
नुवाकोट २ : अर्जुननरसिंह केसी
काठमाडौं–५ : प्रदीप पौडेल
ललितपुर–१ : उदयशमशेर राणा
सिन्धुली–१ : श्यामकुमार घिमिरे
सिन्धुपाल्चोक–२ : मोहनबहादुर बस्नेत
धादिङ–२ : रामनाथ अधिकारी
काभ्रेपलाञ्चोक–२ : शिवप्रसाद हुमागाई
भक्तपुर–२ : दुर्लभ थापा
काठमाडौं ३ : सन्तोष चालिसे
काठमाडौं–६ : भीमसेनदास प्रधान
काठमाडौं–१० : राजेन्द्रकुमार केसी
रसुवा : मोहन आचार्य
चितवन–१ : विश्व पौडेल
चितवन–२ : उमेश श्रेष्ठ
रामेछाप : कान्छाराम तामाङ

गण्डकी प्रदेश
तनहुँ–१ : रामचन्द्र पौडेल
स्याङजा–२ : धनराज गुरुङ
नवलपुर–१ : शशांक कोइराला
तनहुँ–२ : शंकर भण्डारी
स्याङ्जा–१ : राजु थापा
पर्वत : अर्जुन जोशी
मनाङ : टेकप्रसाद गुरुङ
कास्की–१ : किशोरदत्त बराल
गोरखा–१ : राजेन्द्र बजगाई
मुस्ताङ : योगेश गौचन थकाली
म्याग्दी : खम बहादुर गर्जुवा

लुम्बिनी प्रदेश
बाँके–३ : किशोरसिंह राठौर
रुपन्देही–३ : बालकृष्ण खाण
गुल्मी–१ : चन्द्र भण्डारी
अर्घाखाँची : पुष्पा भुसाल
दाङ–३ : दिपक गिरि
नवलपरासी–१ : विनोद चौधरी
नवलपरासी–२ : देवेन्द्र कँडेल
पाल्पा–१ : ज्ञानबहादुर गाहामगर
रुपन्देही–४ : प्रमोदकुमार यादव
रुपन्देही–५ : भरतकुमार शाह
कपिलवस्तु–२ : सुरेन्द्र आचार्य
कपिलवस्तु–३ : अभिषेकप्रताप साह
बाँके–२ : सुधीरनरसिंह राणा
बर्दिया–१ : अरुणप्रकाशसिंह राठोर

कर्णाली प्रदेश
सुर्खेत–१ : पूर्णबहादुर खड्का
सुर्खेत–२ : हृदयराम थानी
मुगु : ऐन बहादुर शाही
दैलेख–२ : दिक्पाल शाही

सुदूरपश्चिम प्रदेश
डडेल्धुरा : शेरबहादुर देउवा
बाजुरा : बद्री पाण्डे
दार्चुला : दिलेन्द्रप्रसाद बडू
कञ्चनपुर–२ : एनपी साउद
कञ्चनपुर–३ : रमेश लेखक
कैलाली–४ : वीरबहादुर बलायर
कैलाली–१ : रामजनम चौधरी
अछाम–२ : पुष्पबहादुर शाह
कैलाली–५ : डिल्लीराज पन्त ।

 

२३ आश्विन २०७९ मा प्रकाशित
Nabintech