शेखर समूहलाई जम्मा २३ प्रतिशत सिट, कुन प्रदेशमा कसले पाए ?

पिपलबाेट संवाददाता


सत्तारूढ दल कांग्रेसभित्रकफ शेखर कोइराला समूहले २३ प्रतिशत सिट पाएको छ । चालिस प्रतिशतमा दाबी गर्दै आएको शेखर समूहले अहिलेसम्म प्राप्त विवरणअनुसार ९१ मध्ये २१ सिट मात्र पाएको देखिन्छ ।

गएको १४ औँ महाधिवेशनमा ४१ प्रतिशत मतका साथ सभापतिमा दोस्रो बनेका नेता कोइरालाले टिकट ल्याउन नसकेको भन्दै समूहभित्र असन्तुष्टि बढेको छ ।

माओवादीले छाडेपछि शेखर समूहबाट बलबहादुर केसीले पनि टिकट पाएका छन् । शेखर समूहबाट सञ्जय गौतमले टिकट पाएपनि त्यो खोसिएको छ ।

यी हुन् कोइराला समूहबाट टिकट पाएका नेताहरू
प्रदेश १ 

मोरङ ६ – शेखर कोइराला
मोरङ १ – डिगबहादुर लिम्बु
मोरङ ३ – सुनिल शर्मा
सोलुखुम्बु – बलबहादुर केसी

मधेस प्रदेश 
सप्तरी ४ – तेजुलाल चौधरी
धनुषामा २ – रामकृष्ण यादव
रौतहट २ – रित्तोद आलम
रौतहट ४ – देवप्रसाद तिमिलसिना

वाग्मती प्रदेश 
काठमाडौं ४ – गगन थापा
नुवाकोट २ – अर्जुननरसिंह केसी
धादिङ – २ रामनाथ अधिकारी

गण्डकी प्रदेश 
स्याङजा २ – धनराज गुरुङ
गोरखा १ – राजेन्द्र बजगाईं
मुस्ताङ – योगेश गौचन थकाली

लुम्बिनी प्रदेश  
गुल्मी १ – चन्द्र भण्डारी
दाङ ३ – दीपक गिरी
कपिलवस्तु–२  सुरेन्द्र आचार्य

कर्णाली प्रदेश 
सुर्खेत २ – हृदयराम थानी
दैलेख २ – दिक्पाल शाही

सुदूरपश्चिम प्रदेश 
बाजुरा  – बद्री पाण्डे
दार्चुला – दिलेन्द्र बडू

 

२३ आश्विन २०७९ मा प्रकाशित
Nabintech