कोहलपुर नगर प्रहरीद्धारा ठेला र होडिङबोड हटाउने कार्य शुरु

पिपलबाेट संवाददाता


कोहलपुर नगर प्रहरीले कोहलपुरका विभिन्न क्षेत्रमा राखिएका ठेला व्यवसायीहरुलाई हटाउन शुरु गरेको छ । कोहलपुर नगर प्रहरीले मंगलबार कोहलपुर चौराहा ,दशविगाह,न्यूरोड क्षेत्र लगाएतका विभिन्न ठाँउ ठेला र होडिङ बोड हटाएको छ । कोहलपुर नगरपालिकाले कोहलपुर चौराहाको चारैतिर ५सय मिटर भित्र ठेला र सवारी साधन राख्न र रोक्न समेत रोक लगाईएको छ । मंगलबार कोहलपुर नगर प्रहरीले कोहलपुर चौराहामा राखिएका ठेलाहरुलाई हटाएको कोहलपुर नगर प्रहरी प्रमुख विर वहादुर थापाले वताएका छन् । यस्तै थापाका अनुसार कोहलपुर नगर पालिकका क्षेत्रभित्र पर्ने पूर्व पश्चिम राजमार्ग र रत्नराज मार्ग क्षेत्रको २५ मिटर भित्र राखिएका होडिङ बोड हटाउन शुरु गरिएको थापाले जानकारी गराएका छन् । यस्ता खालका होडिङ बोडले सडकमा सवारी आवात जावत गर्दा असर गर्नुका साथै सहरको सौन्दर्यकरण हराउने भएकाले हटाउन लागीएको थापाले वताए ।


यसको साथै सडक पेटिमा राखिएका विभिन्न समाग्री र सडकमा राखिएका निर्माण समाग्री समेत अव हटाउन पहल गर्ने थापाले जानकारी दिए । कोहलपुर नगरपालिकाले पटक पटक सूचना समेत प्रकाशन गरेर निर्माण समाग्री हटाउन भनि सकेको छ । अव पहिला सम्झाउने र नमानेमा नगर प्रहरीले कव्जा समेत गर्न सक्ने कोहलपुर नगर प्रमुख पूर्ण प्रसाद आचार्यले वताए ।

२५ आश्विन २०७९ मा प्रकाशित
Nabintech