होटल म्याक्सबाट १२ जुवाडे पक्राउ, २ लाख ३१ हजार बरामद

पिपलबाेट संवाददाता


कोहलपुरमा रहेको होटल म्याक्स बन्दै जुवा खेलाउने अखडा वन्दै गएको छ । यसकै उदाहरणको रुपमा  कोहलपुरको होटल म्याक्सबाट १२ जुवाडे पक्राउ पक्राउ परेका छन । कोहलपुरका स्थानिय जुवाडेहरुले जुवा खेल्दै रंगे हात पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएस्पि ऐन बहादुर मल्लले  जनाएका छन। राति दुई बजे होटल छापा मार्दा २ लाख ३१ हजार नगद सहित जुवाडे पक्राउ गरिएको हो । थप अनुसन्धान चलिरहेको बताए । कोहलपुर नगरपालिकामा बसोवास गर्ने व्यापारीहरु र समाजमा नाम चलेका व्यक्तिहरु रहेको स्रोतले वताएको छ । केहि व्यक्ति यो भन्दा पहिला पनि जुवाको केसमा पक्राउ परेका ब्यक्ति पनि रहेका छन् ।

 

२७ आश्विन २०७९ मा प्रकाशित
Nabintech