१५ बर्षीय सलिना बनिन् शिक्षा शाखा प्रमुख

पिपलबाेट संवाददाता


ठाकुरबाबा (बर्दिया) ।

अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य नारा सहित देशभर ११ औं अन्र्तराष्ट्रिय बालिका दिवस मनाईएको छ । बालिका दिवसको अवसरमा आज बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुखको पद आज ठाकुरबाबा नगरपालिका वडा नंं ४ का परिवर्तनका सम्वाहक(सिओसी) कक्षाको १५ बर्षीया सलिना चौधरीले सम्हालेका छन् । सो पद सम्हाल्दै सलिना चौधरीले ठाकुरबाबा नगरपालिकाका किशोरीहरुको लागि सम्पुर्ण विद्यालयहरुमा स्वस्थ खाजाको ब्यवस्था र सेनेटेरी प्याडको निशुल्क ब्यवस्था गरिने प्रतिबद्धता समेत जनाईन् । ठाकुरबाबा नगरपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख सिता कुमारी भण्डारीले आफनो पद हस्तान्तरण गरेकी हुन् । त्यसै गरि आज नै ठाकुरबाबा नगरपालिको वडा नं. ५ मा अवस्थित सिओसी कक्षाका १८ बर्षीया जुनमाया थारुले बगनाहा स्वास्थ्यचौकीको प्रमुख पद सम्हालेका थिइन् । स्वास्थ्यचौकीका प्रमुख ओम चुनाराले आफनो पद हस्तान्तरण गर्नु भएको थियो। सो पद सम्हाल्दै जुनमाया थारुले विद्यालयहरुमा निशुल्क स्वास्थ्य चेकजाँचको ब्यवस्था गरिने प्रतिबद्धता जनाईन् । सो कार्यक्रमका प्रमुख अतिथि ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले समग्र विकासको लागि पालिकाले १० बर्षे गुरु योजना निर्माण गरि अगाडि बढेको र विद्यालयमा किशोरीहरुको शिक्षाको निरन्तरताको लागि शिक्षाको क्षेत्रमा बजेट विनियोजन गरेको तथा बालबालिकाहरुलाई सुरक्षित वातावरण सिर्जना गर्न पहल गरिएको बताउनुभयो । त्यसैगरि विशिष्ट अतिथि प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले ठाकुरबाबा नगरपालिकाले किशोरी तथा बालिकाहरुको शिक्षामा पहुँच पु¥याउनको लागि विद्यालयहरुमा महिनावारी ब्यवस्थापन कक्ष, खाने पानी तथा सरसफाईको उचित ब्यवस्था गरिएको बताउनुभयो । त्यसै गरि ठाकुरबाबा नगरपालिकाका उपमेयर विना कुमारी भट्टराईले बालिका दिवशको अवसरमा सम्पुर्ण बालिका तथा किशोरीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्नु हुदै बालिकाहरुलाई सबै भन्दा शिक्षामा निरन्त्रता दिनु पर्ने बताउनुभयो । अन्र्तराष्ट्रिय बालिका दिवसको अवसरमा बर्दिया जिल्लामा पनि ‘गर्ल्स टेक ओभर’ कार्यक्रम भेरी वातावरणीय विशिष्टता समुह(बी–ग्रुप) र सामाजिक सचेतन सरोकार मन्च(स्याक नेपाल)को सहकार्यमा भई रहेको छ । प्लान इन्टरनेसनलको स्टेट अफ त वल्र्डले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालका किशोरी र युवा महिलाहरु स्थानीय र राष्ट्रिय दुवै तहमा राजनीतिक सहभागिताको लागि इच्छुक रहेको देखाएको छ । सर्वेक्षणमा भाग लिएका मध्ये ९० प्रतिशत भन्दा बढीले राजनीतिमा सहभागी हुनु महत्वपूर्ण भएको, ९२ प्रतिशत किशोरी र युवा महिलाहरुले राजनीतिमा सहभागी भएको केही अनुभव रहेको पाइएको छ । रिपोर्ट २९ वटा देशका सबै क्षेत्र, आयस्रोतको अवस्था र नागरिक जीवनको परिस्थिति अनुसार १५ देखि २४ वर्ष उमेर समूहका गरी २९ हजार किशोरी तथा महिला माझ सर्वेक्षण गरेर तयार पारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । किशोरीहरुले भोगिरहेको संरचनात्मक विभेद विरुद्ध स्थानीय, प्रादेशिक र संघीयस्तरमा किशोरी र बालिकाका सवालमा जिम्मेवार व्यक्ति तथा संस्थाहरुलाई ज्ञापनपत्र बुझाएका छन् । किशोरीहरुले ९ बुँदे ज्ञापनपत्रमा शक्तिमा साझेदारी (इक्वेल पावर नाउ) भन्ने ध्येयका साथ किशोरीका अधिकार, किशोरी र युवा महिलाका राजीनीतिक अधिकार र राजनीतिमा किशोरी र बालिकाका मुद्दाहरुमा गम्भीर हुन अनुरोध समेत गरेका छन् ।

२७ आश्विन २०७९ मा प्रकाशित
Nabintech