‘बाढी’को एजेन्डा लिएर चुनावि मैदानमा खड्का

पिपलबाेट संवाददाता


आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि बाँके क्षेत्र नं १ क बाट १० जनाको उम्मेदवारी परेको छ । त्यसमध्यका एक बलिया उम्मेदवार हुन् अम्मरबहादुर खड्का । खड्काले जनता समाजवादि पार्टीबाट उम्मेदवारी दिएका हुन् । के छन् चुनावि एजेन्डा ? खड्काले आफ्नो प्रमुख एजेन्डा ‘बाढी’ भएको बताएका छन् । उनको निर्वाचन क्षेत्र राप्ती सोनारी र नरैनापुर गाँउपालिका हो । यस क्षेत्रका स्थानीयले हरेक वर्ष बाढी, डुबान, कटानको समस्या झेल्दै आएका छन् । यहाँको ठुलो समस्या भएका कारण यो समस्या समाधान गर्नु आफ्नो पहिलो जिम्मेवारी भएकाले यसलाई नै एजेन्डा बनाएको खड्काले बताए । यसलाई व्यवस्थित गर्ने उनले बताए ।

‘जसरी काठमान्डौमा बालेनले फोहोर, धरानमा हर्कले पानीलाई एजेन्डा बनाए । मेरो पनि अबको प्राथमिकताको एजेन्डा भनेको ‘बाढी’ हो– खड्काले भने ।’ यससंगै नागरिकहरुलाई सहज सेवा दिनु अर्को एजेन्डा रहेको उनी बताउछन् । स्थानीय तह वा अन्य सरकारी तथा गैरसरकारी संस्थाले दिने सेवा लिन पहुँच हुनेहरु नै पहिले पुग्छन् । लक्षित वर्गसम्म सेवा पुग्न नसकिरहेकाले यसको सुरुवात आफैबाट गर्ने उनी बताउछन् । एडिवि, विश्व बैंक, नेपाल सरकार लगायतबाट किसानहरुको हितका लागि, कृषि विकासका लागि योजना सन्चालन गर्ने योजना रहेको उनले बताए । किसानहरुसम्म सहज रुपमा सेवा पु¥याउनका लागि आफ्नो योगदान रहने उनी बताउछन् । को हुन् खड्का ? खड्का बाँकेको साविकको फत्तेपुर गा.वि.स हाल राप्ती सोनारी –६ सिधनवामा २०३७ साल जेठ १ गते जन्मिएका हुन् ।
उनले व्याचलरसम्म पढेका छन् । जागीर गर्न थालेपछि पढाईलाई समय दिन नसकेको उनी बताउछन् । उनले नारायण मावि नेपालगन्जबाट २०५३ सालमा एस.एल.सी पास गरे । भारतको सिमान्त कलेजबाट ५५ सालतिर उच्च माविको शिक्षा पुरा गरे । उनले व्याचरल पनि यहि पढे । तर पुरा गर्न पाएनन् । सानै देखि अन्याय सहन नसक्ने स्वभाव भएका खड्का यसको विरुद्धमा आवाज उठाइहाल्थे । यहि स्वभावका कारण उनले स्कुले जीवनबाटै राजनीति सुरु गरे । स्कुले जीवनमा कक्षा ८ मा पढ्दा स्ववियूको सचिव भएर उनले २०४९ सालतिर राजनीति सुरु गरे । विद्यार्थी ईकाईको प्रमुख भएर संगठन समेत चलाएको अनुभव उनीसित छ । सबै साथिभाईलाई मिलाएर लैजान सक्ने भएका कारण उनले संगठनको नेतृत्व गर्ने जिम्मेवारी पाएका थिए । एस.एल.सी पास भए लगत्तै उनी युएनडिपीद्धारा सन्चालित दाता संकलन कार्यक्रमको कोडिनेटर भएर गाउँ गाउँमा पुगेर सेवा गर्न सुरु गरेका थिए । उनले नेतृत्व विकासको कामसंगै सानै उमेरदेखि समाजसेवाको सुरुवात गरेका थिए ।

खड्काले दिएको योगदान खड्काले गाँउको विकासमा खानेपानी, विद्युत, सडकदेखि विद्यालय स्थापनामा समेत योगदान दिएको स्थानीयहरु बताउछन् । गाँउमै रहेको सिद्धेश्वर माविमा उच्च मावि सन्चालन गर्नुपर्छ भनेर आवाज उठाउने मध्यका एक थिए खड्का । उनकै पहलमा २०६१ सालमा विद्यालयमा उच्च मावि सन्चालन भयो । तत्कालिन अवस्थामा खड्का सिद्धेश्वर माविको शिक्षक अभिभावक संघको अध्यक्ष समेत थिए । अध्यक्षको जिम्मेवारीमा रहेका उनले विद्यालयको वृद्धि विकासमा कुनै कसर नछोडेको बताउछन् । तत्कालिन विद्यालयका प्रधानाध्यापक शशिराम कार्की, सामाजिक अगुवा तारा कसेरा लगायत स्थानीयको पहलमा उनले नेपालगन्ज लगायतका विभिन्न स्थानबाट उमावि सन्चालनको लागी १० लाख चन्दा उठाउन सफल भएका थिए । उनीजस्तै सोच भएका व्यक्तिहरुका कारण आज यस क्षेत्रका विद्यार्थीहरुले यसै विद्यालयमा स्नातक तहसम्मको अध्ययन गर्न पाएका छन् । बघौडा क्षेत्रमा विद्युत ल्याउनुपर्ने माग गर्दै उनले उज्यालो अभियान नै चलाए ।

नेपाली काँग्रेसका नेता स्वर्गीय खुम बहादुर खड्को प्रेरणा लिएर नेता ज्ञानु के.सीको सहकार्यमा यो अभियान सन्चालन गरेको खड्का बताउछन् । २०६४ सालमा अध्याँरोमा रहेका यस क्षेत्रका ९ वटा गाविसमा ग्रामिण सामुदायिक विद्युतीकरण संस्था खोले । त्यसवखत राप्ती सोनारी बघौडा ग्रामिण विद्युतीकरण संस्थाको अध्यक्ष अवधराम थारु थिए । यसै समयमा ३३ केभीए विद्युत विस्तारका लागी २०६५ सालमा अगुवाई लिए । संसद विकास कोष, विभिन्न दातृ निकाय, स्थानीय सामुदायिक बनबाट गरि ४ करोड २२ लाख जम्मा गर्न सफल भए । २०६६ सालमा कोहलपुरबाट धामपुर सवस्टेशन सम्मको ३३ केभी लाइन विस्तारको लागी ५ करोड १८ लाखमा, सव स्टेशन धामपुरमा निर्माणका लागी ८ करोड र बैजापुरबाट नरैनापुर सम्मको लाइन वितरणका लागी १३ करोड ३८ लाखमा टेण्डर गराउन सफल भए । उज्यालो अभियानका लागी दिनरात नभनी खटिएका खड्काको घरमा तत्कालिन अवस्थामा एक समुहले बम विस्फोट सम्म गराएको थियो । तर पनि उनी विचलित भएनन् । २०६५ सालमा नेपालगन्जबाट फत्तेपुर गाविसको वडा न. ७, ८ र ९ वडामा ५८ लाख रुपैयाँ लागतमा विद्युत बल्न सफल भयो ।

जिल्ला विकास समिति मार्फत उनले त्यो क्षेत्र विकासका लागि ठुलो भूमिका निर्वाह गरेको स्थानीयहरु पनि बताउछन् । जिवलाल भुषाल स्थानीय विकास अधिकारी हुँदा फत्तेपुरको भेलुहुनीया देखि पिप्रह्वा सम्मको तटबन्ध निर्माणका लागी समेत पहिलो पटक ९ करोड र दोस्रो पटक ११ करोड बजेट उनैले पारेको बताइन्छ । त्यतिबेलाको अस्वथामा राप्ती सोनारीको नदी पारी र नरैनापुरमा बर्षमा जम्मा ८५ लाख मात्रै बजेट उपलब्ध हुने गरेको थियो । उतारचढावको राजनीतिक यात्रा खड्काको राजनीतिक जीवनमा भने उतारचडाव देखिन्छ । तर उनले जतिसुकै दल बदलेपछि गाँउको विकास हुनुपर्छ भन्ने भावनामा कहिल्यै उतार चडाव आएन । उनले २०४९ सालदेखि विद्यालय जीवनदेखि राजनीति सुरु गरे । उनको अथक मेहनत र लगावका कारण ०६१ सालमा नेपाली काँग्रेस फत्तेपुर गाविस अन्तरगतको गाउँ कमिटीको उपसभापति बने । ०६६ सालमा नेपाली काँग्रेसको बाँके जिल्ला सदस्य, ०६८ सालमा नेपाली काँग्रेस बाँकेको संगठन विभाग प्रमुख समेत भए ।

०७२ सालमा महाधिवेशन प्रतिनिधि समेत हुन सफल भए । हक्की, खरो स्वभावका कारण केन्द्रका नेताहरुसंग उनको राम्रो सम्बन्ध रहेको बताइन्छ । नेपाली काँग्रेसमा लामो संघर्ष र योगदान दिएपनि उचित मुल्याकंन नभएको ठानेपछि उनले राजनीतिक दल परिवर्तन गरे । ०७४ सालमा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेर केन्द्रको प्रदेश संयोजक, नेकपा हुँदा पार्टीको केन्द्रिय सदस्य हुँदै फेरी माओवादी केन्द्रहुँदा लुम्वीनी प्रदेश सदस्य पनि भए । गत स्थानीय तहको निर्वाचनबाट उनले फेरी माओवादी केन्द्रबाट राजीनामा दिए । आगामी निर्वाचनमा जनता समाजवादी नेपाल (जसपा)बाट बाँके क्षेत्र न. १ को (क) बाट प्रदेशसभामा उम्मेदवार बने ।

२८ आश्विन २०७९ मा प्रकाशित
Nabintech