नरैनापुरका बाढी प्रभावित जनतासँग नमुना

पिपलबाेट संवाददाता


नरैनापुरका बाढी प्रभावित जनतासँग नेकपा (माओवादी केन्द्र)की युवा नेतृ तथा निवर्तमान सांसद कृष्णा केसी (नमुना)ले भेटघाट तथा छलफल गरेकी छिन् । उनले शुक्रबार नरैनापुरका सबै वडामा पुगेर बाढी प्रभावित तथा स्थानीयसँग छलफल गरेकी हुन् । सुरुदेखि नै बाढी पीडितको उद्दार, राहत र व्यवस्थापनमा खटिएकी नमुना शुक्रबार नरैनापुर पुगेकी थिइन् । सत्ता गठबन्धन दलबाट आसन्न मंसिर ४ गते हुन गइरहेको चुनावमा नमुना बाँके क्षेत्र नम्बर १ (क) बाट लुम्बिनी प्रदेश सभा सदस्यको उम्मेदवार बनेकी छन् । बाढी पीडितको उद्दार, राहत र व्यवस्थापनमा खटिएको अवस्थामा प्रदेश सभा सदस्य पदको उम्मेदवारको लागि उनको टिकट पाएकी थिइन् ।

नमुनाले अहिले बाढी प्रभावितको घरदैलोमा पुगेर उनीहरुका गुनासा तथा पीडाहरु सुनिरहेकी छन् । स्थानीयहरुका समस्या सुनेपछि उनले राप्ती नदीको बाढीको समस्या हल गर्नको लागि ठूलो लगानीमा बाँध बन्न थालेको जानकारी गराएकी थिइन् । छलफलका क्रममा नमुनाले बाढीबाट पीडितलाई क्षणिक राहत दिनुभन्दा प्रभावकारी तटबन्ध गरेर समस्या समाधान गर्नत र्फ आफु केन्द्रित रहेको बताइन् । स्थानीयहरुले समेत अहिलेसम्म कुनै पनि नेताहरु आफुहरु कहाँ नआएको भन्दै पहिलोपटक नमुना आएको भन्दै धन्यवाद दिएका थिए ।

‘अहिलेसम्म हाम्रा समस्या सुन्न कोही पनि आएका थिएनन्’ स्थानीय उमा मुकेरीले भनिन्, ‘पहिलेपनि तपाई हाम्रो घरदैलोमा आइरहनुहुन्थ्यो । अहिले बाढी आएको बेला आउनुभएको छ । तपाईलाई हाम्रो तर्फबाट धन्यावाद दिन चाहान्छौं ।’ स्थानीयहरुले नमुनाले अग्रिम विजयको शुभकामना समेत दिएका थिए । पहिलोपटक प्रदेश सांसद भएको बेला नमुनाले नरैनापुरमा बर्षौदेखि नपुगेको पक्की सडक र बिजुली पु¥याएकी थिइन् ।

२८ आश्विन २०७९ मा प्रकाशित
Nabintech