भारतीय राजदूत श्रीवास्तवद्धारा नेपालगन्जमा विभिन्न योजनाहरुको निरिक्षण

पिपलबाेट संवाददाता


नेपालमा भारतका महामहिम राजदुत नविन श्रीवास्तव आईतबार नेपालगन्जको फत्तेबाल आँखा अस्पतालको निरिक्षण गरेका छन् ।
फत्तेबाल आँखा अस्पतालमा भारतीय दुतावासको आर्थिक अनुदानमा निर्माण भएको डाक्टर क्वाटर, शल्यक्रिया भवन र अन्तरंग विभाग लगायत अस्पताल भवनको निरिक्षण गरेका छन् । भारतीय दुतावासले फत्तेबाल अस्पतालमा पटक पटक अनुदान सहयोग गर्दै आएको छ । राजदुत श्रीवास्तव फत्तेबाल आँखा अस्पतालका अतिरिक्त धम्बोझी मावि, महेन्द्र बहुमुखी क्याम्पसको निरिक्षणका साथै बागेश्वरी मन्दिरको दर्शन गरि आईतबारनै जमुनहा नाका हुँदै लखनऊ प्रस्थान गरेका छन् ।


भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका श्रीवास्तवले यस अघि पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीचको झडपपछिको तनाव समाधानका लागि विशेष पहल गरेका थिए ।चीन विशेषज्ञ श्रीवास्ताव यस अघि भारतीय विदेशमन्त्रालयमा अतिरिक्त सचिव (पूर्वी एसिया) को रुपमा कार्यरत थिए ।

निरिक्षणका क्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट, फत्तेबाल आँखा अस्पतालका अध्यक्ष रतनकुमार टण्डन, प्रबन्ध निर्देशक डाक्टर कौशल कुमार वर्मा, नेपाल भारत मैत्री संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शुष्मा शर्मा, नेपाल भारत मैत्री संघका केन्द्रीय धुब्र दाहल,बाँके जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरी,उपप्रमुख सिता कार्की ,नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य चक्र वहादुर अधिकारी, नेपाल उद्योग बाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मण राज पौडेल, नेपाल भारत मैत्री संघ कोहलपुरका अध्यक्ष चण्डी प्रसाद गैरे ,बाँके अध्यक्ष प्रदिप गुप्ता, राष्ट्रिय भुमि आयोग बाँकेका अध्यक्ष श्रवणकुमार यादव, अस्पताल सञ्चालक समितिका पदाधिकारी, डाक्टर, अस्पतालका आजीवन सदस्यहरु तथा नेपाल भारत मैत्री संघका पदाधिकारी लगायत समाजसेवीहरुको उपस्थिति रहेको थियो ।राजदुत नविन श्रीवास्तवले आईतबार नेपालगन्जका पूर्व मेयर धवल शम्शेर राना ,लुम्विनी प्रदेश वन मन्त्री सुरेन्द्र हमाल , पूर्व सिचाँई मन्त्री दिपक गिरी , नेपाली काँग्रेसका फुलाराम चौधरी लगाएतका नेताहरु संग पनि भेटघाट गरेका थिए । साथै राजदुत ले नेपाल भारत मैत्रि संग बाँके र कोहलपुरका सदस्यहरु संग पनि भेटघाट गरेका थिए ।

३० आश्विन २०७९ मा प्रकाशित
Nabintech