कांग्रेस बाँके क्षेत्र नम्बर २ ले गर्यो महत्वपूर्ण निर्णय

पिपलबाेट संवाददाता


आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा सबै पार्टी पंक्ति होमिनुपर्ने नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ ले निर्णय गरेको छ । कांग्रेस बाँकेको कार्यालयमा आइतबार क्षेत्रीय सभापति रमेशकुमार गुप्ताको सभापतित्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

उक्त बैठकले नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारलाई जिताउन सक्रियता पुर्वक खटिन आब्हान गरेको क्षेत्रीय सचिव सुनिलसिंह हमालले जानकारी दिए । उनका अनुसार क्षेत्रीय सभापति गुप्ताको संयोजकत्वमा अनुगमन तथा सुपरिपेक्षण समिति पनि गठन गरिएको छ ।

बाँके प्रदेश सभा २ क का सभापति ज्ञानेन्द्रकुमार चौधरी र प्रदेश सभा २ ख का सभापति जितेन्द्रबहादुर हमालको संयोजकत्वमा दुई छुट्टा छुट्टै निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि गरिएको हमालले बताए । सचिव हमालले भने सचिवालय संयोजकको जिम्मेवारी पाएका छन् । यस्तै क्षेत्रीय कोषाध्यक्ष अजमल खाँको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ ।

उक्त बैठकमा पार्टीका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, राष्ट्रियसभा सदस्य युवराज शर्मा, निवर्तमान जिल्ला सभापति किरण कोइराला, पूर्वसांसद कैलाशनाथ कशौधन गुप्ता, बाँके प्रतिनिधी सभा क्षेत्र नम्बर २ का उम्मेदवार सुदिपनरसिंह राणा, प्रदेश सभा २ क का उम्मेदवार राजकुमार बर्मा, प्रदेश सभा २ ख का उम्मेदवार सुरेन्द्रबहादुर हमाल, लुम्बिनी प्रदेशका निवर्तमान सांसद मोहम्मद याकुब अन्सारी, जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी, सचिव सुधान्सु कोइराला लगायतको उपस्थिती रहेको थियो ।

३० आश्विन २०७९ मा प्रकाशित
Nabintech