‘यो गठबन्धन संविधानको रक्षाका लागी प्राकृतिक हो’-किशोर सिंह राठौर

पिपलबाेट संवाददाता


खजुरा(४ ई गाउँको सभाहलमा सत्तारुढ गठबन्धनले अगुवा कार्यकर्ता आयोजित चुनाव लक्षित छलफल तथा भेटघाट कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं। ३का प्रतिनिधि सभा सदस्य उम्मेद्वार किशोर सिंह राठौरले संविधान रक्षाका लगी बनेको यो गठबनधन प्राकृतिक भएको बताएका थिए । स्थानीय तहमा जसरी गठबन्धनबाट सकार बन्यो त्यसरी नै अब प्रदेश र संघको सरकार बनाउन सके यहाँको विकास सहज हुने कुरामा राठौरले जोड दिएका थिए । कांग्रेस सह(महामन्त्री समेत रहेका उम्मेद्वार राठौरले भने (ुम सँधै जनताको सेवाका लागी राजनीतिमा छु । यहाँको विकासका लागी म सँधै प्रतिबद्ध छु ।ु क्षेत्र नं। ३ प्रदेश सभा २ का उम्मेद्वार बादशाह कुर्मीले गठबन्धनका उम्मेद्वारहरुलाई जिताउन अपील गरेका थिए । क्षेत्र नं। ३ समानुपातिक उम्मेद्वार आशा वि।क।ले गठबन्धनको विकल्प नभएकाले गठबन्धनलाई जिताउन कार्यकर्ताहरु परिचालीत हुन आह्वान गरेकी थिईन । खजुरा गाऊँपालिका अध्यक्ष डम्बर वि।क। तुफानले भने(ुखजुरा भत्काउनेलाई चुन्ने कि खजुरा बनाउनेलाई चुन्ने छुट्याउने बेला आएको छ ।ु अध्यक्ष तुफानले भने ुबालुवाटारर सिंहदरवारमा दबाव दिन सक्ने नेता उम्मेद्वारका रुपमा राठौरलाई पाएका छौं,अब उहाँलाई जिताउनु पर्ने छ ।ु खजुरा गाऊँपालिका उपाध्यक्ष मञ्जु मल्लले कार्यक्रममा गठबन्धनलाई कार्यान्वयन गराउन अगुवा कार्यकर्ताहरुको महत्वपुर्ण भूमिका रहेको भनाई राखेकी थिईन । नेपाली कांग्रेस क्षेत्र नं। ३ का क्षेत्रीय सभापति मो।नक्कि खाँले गठबन्धनले स्थानीय तहमा चुनाव जितायो अबको गठबन्धनले प्रदेश र संघको चुनाव जित्नु पर्ने आबश्यकता रहेको बताए । कांग्रेसका अगुवा कार्यकर्ता गगन बहादुर वि।क।ले सशक्त जुझारु नेता किशोर राठौरलाई उम्मेद्वारका रुपमा पाउनु गर्वको कुरा भएको बताएका थिए । वडा नं। ४ का अध्यक्ष एवम माओवादी नेता देव वहादुर रोकायले सहभागीहरुलाई स्वागत गरेका थिए । ऋषीकेश जि।सी।ले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व खजुरा वडा नं।४ कांग्रेस सभापति मानबहादुर थापाले गरेका थिए ।

१ कार्तिक २०७९ मा प्रकाशित
Nabintech