बसपार्कका सटरहरु स्वतस्फुर्त रुपमा खालि ,मेयरद्धारा सवैलाई धन्यवाद

पिपलबाेट संवाददाता


लामो समय देखी कोहलपुरको छोटो दुरीको बसपार्क नजिक सटरमा व्यवसाय गर्दै आएका व्यवसायीहरुले सटरहरु खालि गरेका छन् ।कोहलपुर नगरबिकास समितीको जग्गामा बनेको सटरमा बसेका व्यवसायीहरु समेतको सर्वदलिय सर्वपक्षिय भेलाले असोज मसान्त सम्म सटरहरु खालि गर्ने लिखित सम्झौता गरेको थियो ।सम्झौता अनुसार धेरै जसो व्यवसायीले सटर खालि गरेको र केही समान सार्ने क्रममा रहेको एक व्यवसायीले बताए ।वसपार्क क्षेत्रमा सपिङ कम्पलेक्स निर्माणका लागी सो क्षेत्रलाई खालि गर्न लागिएको कोहलपुर नगर बिकास समितीका अध्यक्ष तथा कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले वताए ।

लामो समयको दवाफका बावजुध कोहलपुर बसर्पाक क्षेत्रमा निर्माण गरिएका अस्थाई टहराहरु मंगलबार खाली गर्न कोहलपुर नगरपालिका सफल भएको छ । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले कोहलपुर बसर्पाकमा सटर खाली गर्न सहयोग गर्ने सवै राजनीतिक दल ,व्यावसायी , बैद्धिक व्यक्तित्व समज सेजी सवैलाई धन्यवाद समेत दिएका छन् । साथै आफुले कोहलपुर बर्षपार्कमा जसरी भनेको समयमा आफै खाली गरेर सटर खाली गराउनु हुनै सवै व्यापारीहरुलाई विषेश धन्यावद र उहाहरु प्रति कोहलपुर नगरपालिका आभारी भएको वताए । त्यहा वसोवास गदै आएका केहि व्यापारीहरु अति विपन्न हुनुहुन्छ उहाँहरुको व्यवसथापनको लागी कोहलपुर नगरपालिकाले कुनै नीतिगत निर्णय गरेर भए पनि सहयोग गर्ने आफु तयार रहेको वताए । कोहलपुर वनाउन कोहलपुर बासी आफै लाग्नु पर्ने समय आएका आचार्यले वताए । यस वाट कोहलपुर विकासमा नक्सा पास नभएर नगरपालिका मातहतको नगरविकास समितीको उक्त जग्गा बर्षौ देखी विभिन्न ब्यक्तिहरुले अस्थाई घर टहरा बनाएर वस पार्कमा पसल तथा बसोवास गर्दै आएका थिए । उक्त पसल टहराको बसपार्क सुधार समिती मार्फत नगर विकासलाई भाडा पनि वुझाउदै आएका छन् । बसपार्क सुधार समिती , स्थानिय बासिन्दा र नगर विकास समिती वीच छलफल भई असोज ३० गते अस्थाई घरटहरा भत्काएर ठाउँ खाली गर्न अर्को ब्यवस्थापनका लागी समय माग गरेका थिए ।नगरपालिकाका मेयर पूर्ण आर्चायले घरटहरा भत्काउन असोज ३० गते सम्म समय दिइएको र घरटहरा नभत्काए पछी मंगलबार बिहानै डोजर लिएर कोहलपुर बस पार्क पुगेका थिए । व्यवावसायीहरुले केहि घण्टाको समय मागेपछि डोजर फिर्ता गरिएको थियो । बस पार्कमा रहेको बसपार्क सुधार समितीले स्थानिय प्रशासनलाई एक पत्र लेख्दै तिहार नजिकै आएको र आसन्न निर्वाचत पछी मंसिर १० गते कोहलपुर बसपार्कको समस्या स्थायी रुपमा समाधानका लागी पहल गर्न र त्यसमा आफुहरुको पूर्ण सहयोग रहने भन्दै पत्र नै लेखेर अनुरोध गरिसकेका थिए ।

 

१ कार्तिक २०७९ मा प्रकाशित
Nabintech