कोहलपुर नगर प्रहरीको सक्रियतामा कोहलपुर नगरको मुहार फेरीदैं

पिपलबाेट संवाददाता


कोहलपुर नगर प्रहरीले कोहलपुर सुन्दर वनाउने अभियानका साथ कार्य गर्दै आएको छ । कोहलपुर नगरपालिकाले कोहलपुरमा नगरप्रहरी प्रमुखको रुपमा नियूक्ती गरेका विर वहादुर थापाले कोहलपुर सन्दर वनाउने अभियानलाई तिव्रता दिएका छन् । यसै अनुसार कोहलपुरका चोकमा रहेका ठेलाहरु व्यवस्थित गर्न सुरु गरेका छ । यस्तै कोहलपुरका सडक नजिक रहेका पोलहरुमा राखिएका होडिङ वोड हटाउने देखि चौराहामा गरिने पार्किङ समेत हटाउन नगर प्रहरी सफल भएको छ ।कोहलपुर नगरमा आज भोली नेपाल प्रहरी भन्दा नगर प्रहरीको उपस्थिती बढि देखिन थालेको छ । विहान करिव ५ः३०मा कोहलपुर चौराहामा नगर प्रहरीले डिउटीमा रहेका हुन्छन् ।

नगर प्रहरी प्रमुख पनि वजार क्षेत्रमा हसिलोमुद«ामा कोहलपुरका विभिन्न समस्या समाधानका उपाए खोज्दै वसेका हुन्छन् । नगर प्रहरी प्रमुख थापाले कोहलपुरमा सवै भन्दा बढि समस्याका रुपमा रहेको लागुपदार्थ सेवनकर्ता रहेको र यसलाई नियन्त्रण गर्न के गर्न सकिन्छ भन्ने चिन्ता गर्दै समाधानको उपाए निकाल्न लागी परेको वताए । कोहलपुरमा यूवाहरुमा धेरै जनाहरु सेवन कत्ताहरु रहेका छन् । यसले गर्दा पनि वजारमा चोरीको समस्या देखा परेको उनले वताए । उनले छोटो दुरीको बसर्पाकका सटर खाली गराउन समेत महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । कुनै समयमा पनि रिसाएको देख्न नसकिने थापाको काम प्रति कोहलपुर बासी खुसी रहेका छन् ।

२ कार्तिक २०७९ मा प्रकाशित
Nabintech